ताजा अपडेट

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिका: सर्वोच्च अदालतका तीन प्रश्नको जवाफ माग

लुम्बिनी दर्पण २०८२ असार ५, बिहीबार १४:४४
[sharethis-inline-buttons]

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिकाबारे गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, टेकप्रसाद ढुंगाना र नहकुल सुवेदीको इजलासले २०८१ असार २८ गते गरेको फैसलाको पूर्णपाठ केही दिनअघि सार्वजनिक भएको हो।

यस फैसलामा सर्वोच्चले बालबालिकाको हकमा सर्वोत्तम हितमा रहेर काम गर्नुपर्ने भनेको छ।

२०८१ जेठ १४ गते बालुवाटारबाट काठमाडौं महानगरपालिकाले रेखाकुमारी शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो।

महानगरपालिकाले ती बालिकालाई बन्दी बनाएको भन्दै बालिकाका बुवा बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए। महानगरले भने रेखाकुमारी शर्माले बालिकालाई श्रम शोषण गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको थियो।

असार २५ गते बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दा सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो।

न्यायाधीश चुडालले महानगरले उद्धार गरिएकी बालिकालाई बाबुको जिम्मा लगाउनुपर्ने राय दिएका थिए। न्यायाधीश पोखरेलले भने नाबालिग बालिका बाबुसँग भन्दा पनि संरक्षण गृहमै सुरक्षित हुने राय दिए।

यसरी राय बाझिएपछि उक्त मुद्दा पूर्ण इजलासमा पेस भएको थियो। इजलासले यसअघि संक्षिप्त आदेश दिएर बुवाआमासँग पुनर्मिलन गराएर बालिकालाई उनकै इच्छा अनुसार काठमाडौंमा राख्न आदेश दियो।

बालिकाले काठमाडौंमै बस्ने इच्छा गरेकाले उनी बालिग नहुने बेलासम्म उनको पढाइ र हेरचाहको व्यवस्था गर्न महानगरपालिकालाई परमादेश दिएको थियो।

यसरी फैसला गर्दा इजलासले तीन वटा प्रश्नको जबाफ दिएको छ।

पहिलो, बालिकाको बुवाले महानगरपालिकालाई विपक्षी बनाएर गैरकानुनी थुनामा राखेको भन्दै रिट निवेदन दिएका थिए। त्यसबारे सर्वोच्चले निवेदन दाबी बमोजिम बालिकालाई महानगरले गैरकानुनी थुनामा राखिएको छ, छैन? भन्ने प्रश्नको जबाफ दिएको छ।

काठमाडौं महानगरपालिकाको बालबालिका सम्बन्धी ऐन, २०७५ मा जोखिममा परेका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिका बारेमा सूचना प्राप्त भएपछि बाल कल्याण अधिकारीले जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको तत्काल उद्धार गर्नू/गराउनू पर्नेछ भन्ने उल्लेख छ।

त्यस जिम्मेवारी बमोजिम महानगरले बालिकाको उद्धार गरी उनलाई शक्ति समूहको अस्थायी गृहमा राखेको थियो।

त्यसलाई सर्वोच्चले गैरकानुनी भन्न नमिल्ने फैसलामा उल्लेख गरेको छ।

सर्वोच्चले बालबालिकाको सर्वोत्तम हितमा रहेर काम गर्नुपर्ने आधारलाई लिएको छ।

बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी १९८९ को धारा ३ ले बालबालिकाको उच्चतम हितबारे व्याख्यालाई सर्वोच्चले आधार मानेको छ।

‘बाल सरोकारका हरेक गतिविधिहरू बालबालिकाको उच्चतम हितलाई आधार मानेर गरिनेछन्। परिवार वा जिम्मेवार निकाय असक्षम भएको अवस्थामा राज्‍यले उपयुक्त हेर विचार र संरक्षणको व्यवस्था मिलाउनु पर्दछ भनेको छ।’

यसलाई आधार मानेर सर्वोच्चले बालबालिकाको सर्वोच्चतम हितलाई ध्यानमा राखेर राज्यले अभिभावकत्व ग्रहण गर्नुपर्ने उल्लेख गरेको हो।

सर्वोच्चले अर्को प्रश्न विपक्षीहरू (महानगर) का नाममा मागदाबी बमोजिमको आदेश जारी हुनुपर्ने हो, होइन? भन्ने प्रश्नको जबाफ पनि दिएको छ।

सर्वोच्चले उक्त प्रश्नको जबाफमा बुवाको मागबमोजिम सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट जारी गरिरहनु नपर्ने फैसला गरेको छ।

तेस्रो प्रश्नमा यी बालिकालाई निजका बाबुको जिम्मा लगाउन पाउने हो, होइन? भन्ने उल्लेख छ।

सर्वोच्चले बालिकालाई ‘आर्थिक सामाजिक परिस्थिति’ कारणले आमाबाबुले ती बालिकालाई सांसद रेखाकुमारी शर्माको घरमा पठाएको उल्लेख गरेको छ। बालिकालाई रेखाकुमारी शर्माले अभिभावक बनेर २०७५ वैशाख १० मा धुम्बराही माध्यमिक विद्यालयमा दुई कक्षामा भर्ना गरेर हालसम्म निरन्तर अध्ययन गरिरहेको कुरालाई सर्वोच्चले स्वीकारेको छ।

‘गरिबी अपराध होइन, पढ्न पठाउने उद्देश्यले नै बाबुआमाले छोरीलाई पठाएको कार्यलाई बालिका परित्याग गरेको अर्थमा पनि बुझ्न मिलेन,’ फैसलामा भनिएको छ।

त्यस्तै, बालिका आमा-बाबु वा अभिभावकबाट कुनै दुर्व्यवहार हिंसा वा बेवास्ता भएको कारणले परिवारबाट अलग गरिएको भन्ने नदेखिएको फैसलामा उल्लेख छ।

इजलासले बालिकालाई छुट्टै र बाबु आमासँग साथै राखेर उनको इच्छाबारे पनि सोधेको थियो।

‘बालिकालाई इजलास समक्ष सोधपुछ गर्दा मुख्यगरी आफ्नो पढाइ निरन्तर होस्, पढाइमा बाधा नपरोस् भन्ने उद्देश्यले संस्थामा बस्ने इच्छा व्यक्त गरेको देखिएता पनि बुबा-आमा समेतलाई साथै राखेर छलफल गर्दा उनीहरूले आफ्ना अन्य छोराछोरी सरह छोरीलाई पनि आफ्नो हैसियतले भ्याएसम्म लालनपालन शिक्षादिक्षा गर्न सक्षम भएको र त्यसमा कुनै कमजोरी हुन नदिने भनी प्रतिबद्धता समेत व्यक्त गरेको र नाबालिकाले पनि बुवा आमा प्रति द्वेष वा घृणा भाव प्रकट नगरी सद्भाव र आदर नै व्यक्त गरेको देखियो,’ फैसलामा भनिएको छ।

काठमाडौं महानगरपालिकाको बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि २०८० को दफा १२ ले अस्थायी संरक्षणमा एक पटकमा बढीमा ९ महिनासम्म राखिने व्यवस्था गरेको छ।

महानगरको आफ्नै बाल संरक्षण गृह नभएको र महानगरले पठाएको संस्थासँग पनि कुनै सम्झौता समक्षदारी नभएकोले बालिकाको शिक्षादिक्षा पालनपोषणको अवस्था के हुने भन्ने अनिश्चितता रहेको देखिएको भन्दै सर्वोच्चले बुबाआमासँग पुनर्मिलन गराउनु उचित हुने फैसला गरेको थियो।

‘कार्यविधिले पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापनाको व्यवस्था गरेको देखिएको र नाबालिका छोरीलाई जिम्मा लिन बाबुआमा स्वयम् रिट निवेदन लिएर आएको स्थितिमा प्राकृतिक बाबु आमा हुँदाहुँदै अन्य व्यक्ति वा संस्‍थालाई कानूनी संरक्षक मानी बालिका जिम्मा लगाउन मिलेन। तसर्थ यी बालिकालाई यस अदालतको रजिष्ट्रारको रोहबरमा बाबु र आमाको जिम्मा लगाउन फैसला भएको थियो,’ फैसलामा भनिएको छ।

यद्यपि बालिका १५ वर्षकी पुगेकाले आफ्नो इच्छा व्यक्त गर्नसक्ने आधारलाई पनि सर्वोच्चले स्वीकारेको छ। बालिकाले काठमाडौंमै बसेर पढ्न चाहेको इच्छा व्यक्त गरेपछि सर्वोच्चले काठमाडौं महानगरको नाममा परमादेश जारी गरेको थियो।

सर्वोच्चले बालिकाको सर्वोत्तम हितलाई अनुकूल हुनेगरी सो परमादेश दिएको थियो।

‘तर यी बालिकाको उमेर हाल १५ वर्ष पुगेको र उनले आफ्नो इच्छा स्पष्‍ट व्यक्त गर्नसक्ने क्षमता रहे भएको सन्दर्भमा उनको हकमा जुनसुकै निर्णय गर्दा उनको इच्छालाई सम्मान गर्दै सर्वोत्तम हित अनुकूल हुने गरी निर्णय गर्नुपर्ने हुन्छ,’ फैसलामा भनिएको छ, ‘बालिकाले काठमाडौंमा नै बसेर पढाइ निरन्तरता गर्ने इच्छा गरेकाले त्यसलाई सम्मान गर्दै बाबुआमा र काठमाडौं महानगर लगायत राज्यका निकायहरूको समेत कर्तव्य देखिएकाले बालिकालाई भावनात्मक रूपमा नै बाबुआमासँग पुनर्मिलन हुने र पारिवारबाट अलग भएको महसुस हुन नदिने गरी बालिका बालिग नहुन्जेलसम्म काठमाडौंमै बसी शिक्षादिक्षा पालन पोषण तथा उचित हेरचाहको सम्बन्धमा बालिकाको बाबुआमासँगको समझदारीमा नै आवश्‍यक सम्पूर्ण प्रबन्ध मिलाउनू भनी महानगरको नाममा परमादेश जारी गरेको हो।’

काठमाडौं महानगरले यसमा एमाले सांसद रेखाकुमारी शर्माविरूद्ध जाहेरी दिएको थियो। तर गत माघमा सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गर्दै उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाएको थियो।

उच्चले पनि सदर गर्दै महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो। महान्यायाधिवक्ता कार्यालयले पनि सदर गरेको प्रवक्ता एवं सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिए।

काठमाडौं महानगरका प्रमुख बालेन शाहले सुरूदेखि नै शर्मालाई सरकारले जोगाएको आरोप लगाउँदै आएका थिए।


प्रकाशित : २०८२ असार ५, बिहीबार १४:४४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

भर्खरै

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech