ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पाल्पा तानसेन–१४ अर्गलीमा कृषकलाई मिनि टिलर, कम्बाइन मिल र कन्सेलर वितरण

लुम्बिनी दर्पण २०८२ असार ६, शुक्रबार १०:२२
[sharethis-inline-buttons]

नेत्र पाण्डे
कृषकको ५०% लगानी, तानसेन नगरपालिका र हेफर नेपालको ५०% साझेदारी सहयोग । वडा अध्यक्षले बाँदर आतङ्कप्रति चिन्ता व्यक्त गर्दै समाधानको प्रतिबद्धता जनाए
पाल्पा जिल्ला अन्तर्गत तानसेन नगरपालिका–१४, अर्गलीमा कृषकहरूलाई यान्त्रिक कृषि औजार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आधुनिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा कृषकहरूको ५० प्रतिशत लगानी र तानसेन नगरपालिका ७०% तथा हेफर नेपाल ३०% को अनुदान सहयोगमा उपकरणहरू वितरण गरिएको हो। कार्यक्रम रेडा पाल्पाको सहजीकरणमा सम्पन्न गरिएको हो।
कार्यक्रममार्फत ४८ थान मिनि टिलर, २९ थान कम्बाइन मिल र १२ थान कन्सेलर स्थानीय कृषकहरूलाई वितरण गरियो।

अध्यक्ष भट्टराई; बाँदर आतङ्क अर्गलीको सबभन्दा ठूलो चुनौती
कार्यक्रमका प्रमुख अध्यक्ष तथा वडा नं १४ का अध्यक्ष श्री शोभाकर भट्टराईले उपकरण वितरण कृषि आत्मनिर्भरतातर्फको ठूलो पाइलाका रूपमा चित्रण गर्दै बाँदर आतङ्कले कृषकहरूको श्रम र सपना तहसनहस पारेको उल्लेख गर्नुभयो। उहाँले बाँदर नियन्त्रणका लागि नगरस्तरीय मात्र नभई, प्रदेश र संघ सरकारसँग पनि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“कसैलाई छोडिएको छैन, केही प्राविधिक कारणले वितरणमा छुटेकालाई अर्को चरणमा समेटिनेछ,” उहाँको भनाइ थियो।

मेयर श्रेष्ठ ; कृषिमा आत्मनिर्भरता नै विकासको मेरुदण्ड

कार्यक्रमका प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका मेयर श्री सन्तोष लाल श्रेष्ठले कृषिमा प्रविधिको प्रयोगबाट उत्पादन, आम्दानी र जीवनशैलीमा गुणात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले नगरपालिकाले कृषकहरूलाई सहयोग गर्न सधैं तत्पर रहेको भन्दै भविष्यमा यस्ता कार्यक्रम अन्य वडामा पनि विस्तार गरिने जानकारी दिनुभयो।
“अबको पाल्पा खेतीपातीमा आत्मनिर्भर, प्रविधिमा सक्षम र कृषकमैत्री बन्नेछ,” उहाँले जोड दिनुभयो।

प्रवक्ता कार्की ; किसान आत्मविश्वासी बन्न थालेका छन्

विशेष अतिथि तथा तानसेन नगरपालिकाका प्रवक्ता श्री यादव सिंह कार्कीले किसानलाई केवल उपकरण मात्र होइन, आत्मविश्वास पनि प्रदान गरिएको उल्लेख गर्नुभयो। उहाँले नगरपालिकाको योजनाले कृषिमा युवा सहभागिता, प्रविधिको विस्तार र बजार पहुँचलाई मुख्य प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो।

कृषकको सशक्त सहभागिता

उपकरण वितरण कार्यक्रममा कृषकहरूले ५० प्रतिशत लागत स्वयंकै बेहोरेका छन्। बाँकी ५० प्रतिशत लागत नगरपालिका र हेफर नेपालको साझेदारीमा व्यहोरिएको हो।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख, बुद्धिजीवी, किसान, वर्तमान तथा पूर्व जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कृषकहरूले वितरण गरिएका औजारहरूले खेती गर्न सजिलो हुने, समय र श्रम बचत हुने, तथा उत्पादन वृद्धि भई आम्दानी बढ्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमले पाल्पाको तानसेन–१४, अर्गलीलाई कृषि प्रविधिको नमुना वडातर्फ डो¥याउने संकेत दिएको सहभागीहरूको भनाइ छ।


प्रकाशित : २०८२ असार ६, शुक्रबार १०:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech