
धादिङ – पृथ्वी राजमार्गअन्तर्गत नौविसे–बैरेनी सडकखण्डको थाङ्क्रे गाउँपालिका–६ स्थित एक्लेफाँटमा तीनवटा सवारी साधन आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
चितवनबाट काठमाडौंतर्फ गइरहेको एक विद्युतीय माइक्रोबसले ओभरटेक गर्ने क्रममा दुई अन्य सवारीसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो। ठक्करका कारण तीव्र गतिमा रहेका तीनवटै सवारीमा क्षति पुगेको छ भने एक जना व्यक्ति सामान्य घाइते भएका छन्।
घटनापछि सवारी साधन हटाएर राजमार्गमा यातायात पुनः सुचारु गरिएको प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।