
रुपन्देहीको तिलोत्तमा ११ मा नवजात शिशुको पोषण प्रवधन अन्तरगत १ वर्ष भित्रका शिशुका आमाहरुलाई पोषण सामग्री वितरण गरिएको छ।
तिलोत्तमा नगरपालिका वडा नं ११ ले १ वर्ष भित्रका सुत्केरी भएका आमा र शिशुहरूको स्वास्थ्य लाई ख्याल गर्दै पोषण सामग्री वितरण गरेको हो।
कार्यक्रम मा बोल्दै तिलोत्तमा नगरपालिका उप प्रमुख जागेश्वरी चौधरीले वडा आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गरी पोषण सामग्री वितरण गरेको प्रति खुसी व्यक्त गर्नुभयो ।उहाँले नगरपालिकाले सुत्केरी र गर्भवती महिलहरुको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम ल्याएको पनि बताउनुभयो ।तिलोत्तमा वडा नं ११ कनाडा अध्यक्ष विष्णु बराल क्षेत्रीले आफूहरु निर्वाचित भएर आए देखि यो कार्यक्रम सञ्चालन गरेको भन्दै आगामी दिनमा सम्पूर्ण वडा का महिलाहरुको स्वाथ्य परिक्षण गर्ने बताउनुभयो ।
कार्यपालिका सदस्य राधा शाहीले महिलाहरुको स्वास्थ्य,खानपानमा ख्याल गर्नु पर्ने बताउनुभयो ।अघिल्लो असार पछि जन्मिएका शिशु तथा आमाहरुलाई पोषण कार्यक्रम अन्तर्गत वडाले १ लिटर घिउ १ क्यारेट अण्डा र लिटो प्रदान गरेको छ।