ताजा अपडेट

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भैरहवा कारागारबाट रवि लामिछानेले प्रधानमन्त्री ओलीलाई लगाए यस्तो आरोप

लुम्बिनी दर्पण २०८२ असार ७, शनिबार ११:१३
[sharethis-inline-buttons]

सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किस्तीमा पाएको प्रधानमन्त्री पद त्याग्नु नै आफ्ना लागि दुर्भाग्य भएको बताएका छन् ।

नेपाली कांग्रेसले प्रधानमन्त्री बनिदिन गरेको आग्रह नमान्दा दण्डस्वरूप थुनामा बस्नु परेको उनले बताएका छन् ।

“प्रधानमन्त्री बनिदेउ भनेर मध्यरातसम्म मेरै हस्ताक्षर कुरेर बसेको थियो कांग्रेसको मूल नेतृत्व, मैले मानिनँ । भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले,” रविले भैरहवा कारागारबाट अपिल गर्दै भनेका छन्, “मेरो प्रश्न छ, किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर त्यसैको दण्डस्वरूप आज थुना व्यहोरिरहेको मान्छे सत्तालोलुप हो कि विद्रोही ?”

उनले बचतकर्ताको रकम फिर्ता गर्ने मूल उद्देश्यले खडा भएको सहकारी छानबिन विशेष समितिको १२ सय पृष्ठको प्रतिवेदन आफ्नाविरुद्ध मात्रै कार्यान्वयन भएको आरोप लगाएका छन् । उक्त प्रतिवेदन छलपूर्वक र बलपूर्वक कार्यान्वयन भएको उनको दाबी छ ।

“रवि लामिछानेले ठगेका प्रमाण हामीसँग छन्, आफैँ निवेदन दिएर सहकारीबाट पैसा निकालेको प्रमाण छन् भनेर संसद्मा सादा कागज देखाउँदै गर्जेकाहरूले अहिलेसम्म केके दिए त प्रमाण ?,” उनले काराकारबाटै प्रश्न गरेका छन् ।

अनुसन्धान र अभियोजनमा हकदैया, क्षेत्राधिकार र हदम्याद महत्वूर्ण विषय भएको भन्दै उनले आफूविरूद्धको मुद्दामा यी तीनै विषयको पूर्णतः बेवास्ता गरिएको गुनासो गरेका छन् । कानुनअनुसार चल्दै नचल्नुपर्ने र चल्नै नहुने मुद्दा आफूमाथि चलाइएको रविले दाबी गरेका छन् ।

गैरकानुनी सिन्डिकेटले देश चलाएको समयमा व्यक्तिको मौलिक अधिकार हनन् हुने भन्दै उनले भनेका छन्, “राज्यका सबै अंग तिनैका भर्तीकेन्द्र भएको देशमा न्यायका लागि ढकढक्याउन कुनै ढोका छ कि छैन भन्ने आशंका कसरी हट्छ ?”

सहकारीमा प्रत्यक्ष संलग्नहरू स–सानो धरौटीमा छुट्दा संलग्नै नभएको आफू भने थुनामा रहेको उनले बताएका छन् । अदालतको मानहानिका डरले आफ्नो पक्ष खुलस्त राख्न नसकेको उनले प्रष्ट पारेका छन् ।

आफूमाथि अत्याचार गर्ने लोकतन्त्र नभएर व्यक्ति भएको उनले बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र छानबिन विशेष समितिका संयोग सूर्य थापा भएका आरोप लगाएका छन् । उनले भनेका छन्, “…ओली–थापाहरूको कुटिल षड्यन्त्र र लेखक–वडालहरूको कानुनी प्रपञ्च हो । विधिको शासन त यिनीहरूले उहिल्यै समाप्त पारिसकेका हुन् ।”

मध्यरातमा त्रिशूलीको बाटो, परिवारलाई समेत खबर नगरी आफूलाई कहाँ पुर्‍याउन हिँडाइएको थियो भन्दै उनी भन्छन्, “त्यो दिन राज्यको नियत मलाई पोखरा पुर्‍याउने थियो वा गायवै गर्ने, म यसै भन्न सक्दिनँ ।”


प्रकाशित : २०८२ असार ७, शनिबार ११:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

निलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल एस.इ.इ मा उत्तिण बिद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना

निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ पिरियड’ प्रावधान: उद्देश्य र विवाद

प्रधानमन्त्रीको भनाइ: स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा वृद्धी गरेको छ

भर्खरै

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

  • बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

  • डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

  • आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

  • त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

  • भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

  • रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech