
हरि आचार्य, कपिलवस्तु
स्वतन्त्रताका नाममा नियम विपरित काम गर्दा कतिपय सहकारीहरु जोखिममा परेको त्यसका लागि सरकारले उचित नीति ल्याउन लागेको भूमी व्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले बताएका छन् । कपिलवस्तु र रुपन्देहीका साना किसान कृषि सहकारी संस्थाहरु तथा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा सम्पन्न आम प्रशिक्षण कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । २/४ सहकारीका कारण समग्र सहकारी बदनाम भएको भन्दै उनले पुँजीको विकास गर्न सहकारी ले महत्वपुर्ण भुमिका खेलेको बताएका हुन् । अधिकारीले संस्था सुदृढिकरण सम्बन्धी साना किसान कृषि सहकारी संस्था लि.का सञ्चाल समिति, लेखा सुपरिवक्षेण समिति र कर्मचारीहरुका लागि आयोजित कार्यक्रममा मन्त्री अधिकारीले देशका सहकारीहरुको अनुगमन र नियमन गर्ने काम सरकारले गरिरहेको बताए । मन्त्री अधिकारीले सहकारीमा सुशासन, जवाफदेहीता र पारदर्शिताको बाटो स्पष्ट हुनुपर्ने बताए ।
उनले विगतमा आर्थिक अनियमितता गरेका सहकारीहरुको अनुगमन गरिरहेकाले बचतकर्ताको बचत फिर्ता गरि समस्या समाधानको बाटोमा गएको बताए । मन्त्री अधिकारीले साना किसना कृषि सहकारीहरुले उत्पादन र कृषिमा आत्मनिर्भरताका लागि जोड दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा संस्था सुदृढिकरण सम्बन्धी राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष नेपाल कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष तथा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले प्रशिक्षण दिएका थिए ।
साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक शेर बहादुर चौधरीले साना किसान अभियान, कपिलवस्तु जिल्लामा रहेको साना किसान कृषि सहकारीको अवस्थाको बारेमा प्रस्तुतीकरण दिएका थिए ।
साना किसान कृषि सहकारीका बुद्धभुमिका अध्यक्ष एवम् प्रदेश कृषि सहकारी संघ लुम्बिनी प्रदेशका सचिव चुरामणि पोख्रेलको अध्यक्षता, साना किसान कृषि सहकारी भलवाडका व्यबस्थापक मान कुमारी गिरीको स्वागत तथा साना किसान सहकारी जगदिशपुरका ब्यबस्थापक बसन्त मुराउको संचालनमा सम्पन्न कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि.का सञ्चाल समिति, लेखा सुपरिवक्षेण समिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।