
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हालको सैन्य कारबाहीपछि राष्ट्रको नाममा सम्बोधन गर्दै अमेरिकी तथा इजरायली सेनाको खुलेर प्रशंसा गरेका छन्।
आक्रमणपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले इजरायली सेनाले अभूतपूर्व र साहसी भूमिका निर्वाह गरेको उल्लेख गरे। उनले अमेरिकाको देशभक्त सेना आकाशमा उडेर विश्वमै दुर्लभ र अद्वितीय सैन्य कौशल प्रस्तुत गर्न सफल भएको दाबी गरे।
“हाम्रो सेना अहिलेको विश्व परिप्रेक्ष्यमा अभूतपूर्व रुपमा खरो उत्रिएको छ,” ट्रम्पले भने, “हामीले देखाएका सैन्य क्षमताले अमेरिका मात्र होइन, हाम्रो साझेदार इजरायलको भूमिका पनि सम्मानयोग्य बनाएको छ।”
राष्ट्रपति ट्रम्पले आगामी दिनमा शान्ति र सुरक्षा कायम गर्न अमेरिका प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।