
रौतहटको चन्द्रपुर नगरपालिका–१०, निबुवा टोलमा सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको ज्यान गएको छ।
मृत्यु हुनेमा गरिमा साहका एक वर्षीय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह रहेका छन्।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार खेल्ने क्रममा ट्यांकीमा खसेका बालबालिकालाई निकालिए पनि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीले घटनाप्रति दुःख व्यक्त गर्दै घर नजिकै खुला ट्यांकी राख्नु लापरवाही भएको बताएका छन्।