ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट ७५ करोड

लुम्बिनी दर्पण २०८२ असार ११, बुधबार १२:२५
[sharethis-inline-buttons]

 

रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२|८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँसभाको १८औं अधिवेशनमा प्रस्तुत गरेकी थिइन् ।

बजेटमा चालु खर्चतर्फ ४२ करोड १७ लाख ११ हजार ७ सय ५५ रुपैयाँ अर्थात ५६ प्रतिशत र पूँजीगत खर्चतर्फ ३३ करोड १५ लाख ६८ हजार ७ सय ४५ रुपैयाँ अर्थात ४४ प्रतिशत विनियोजन गरिएको छ। चालुतर्फ सशर्त अनुदानको हिस्सा बढी भएकाले प्रतिशतमा केही तलमाथि देखिएको गाउँपालिकाले स्पष्ट पारेको छ।बजेटको स्रोततर्फ आन्तरिक आम्दानीबाट २ करोड २५ लाख ३९ हजार, चालु आवको नगद मौज्दातबाट १७ करोड ३१ लाख ५९ हजार, संघ तथा प्रदेश सरकारबाट राजस्व बाँडफाँडको रूपमा १३ करोड ३३ लाख ९२ हजार र विभिन्न अनुदान ९सशर्त, समानीकरण, विशेष० बाट ४२ करोड ४१ लाख ९० हजार ५ सय प्राप्त हुने अनुमान गरिएको छ।

गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कर प्रणालीमा संरचनात्मक सुधार गरिने र कर प्रणालीलाई पारदर्शी, वैज्ञानिक र अनुमान योग्य बनाइ निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिनेछ। कर छली र चुहावट नियन्त्रण गर्दै कर दर घटाइ दायरा विस्तार गर्ने, मानव स्वास्थ्य र वातावरणमा असर पार्ने वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत कर संकलन गर्ने, नदीजन्य पदार्थको ठेक्का व्यवस्थापन समयमै गरिने र गैरकर राजस्वका दर समसामयिक तथा लागत आधारित बनाइ थप राजस्व संकलनको प्रयास गरिनेछ। गाउँसभाको १८औं अधिवेशनबाट न्यायिक, विधायन र लेखा समितिका अर्धवार्षिक प्रतिवेदन प्रस्तुत, छलफल र पारित गरिएको छ। सामाजिक, आर्थिक, पूर्वाधार, वातावरण तथा सुशासनसम्बन्धी ५ वटा विषयगत समितिहरूका प्रतिवेदनहरू पनि छलफल गरी पारित गरिएका छन्।

चालु आवको विनियोजन ऐनमा संशोधन प्रस्ताव पारित गरिएको छ। यस अधिवेशनमार्फत चालु आर्थिक वर्षमा तयार पारिएका १० वटा कानुनहरू अनुमोदन गरिएको छ। पहिलोपटक जिल्ला समन्वय समितिका प्रमुखको सहभागिता रहेको यो अधिवेशनमा कार्यालयको संगठन तथा व्यवस्थापन सम्बन्धी प्रतिवेदनमा संशोधन प्रस्ताव प्रस्तुत, छलफल र पारित गरिएको छ। समसामयिक विषयहरूमा छलफल गर्दै सभाको ध्यानाकर्षणसमेत गरिएको छ। गाउँपालिकाको नाम ‘शुद्धोधन’ लाई शुद्ध गरी ‘शुद्धोदन’ बनाउने प्रस्ताव पारित गरिएको छ।दीर्घकालीन सोच परिमार्जन गर्दै नयाँ लक्ष्य ‘आर्थिक विकासमा प्रवर्धन स् समृद्ध शुद्धोदन’ तय गरिएको छ। सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन् । बजेटको औपचारिक छलफल असार ३१ गते हुने चौथो बैठकमा गरिने पालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताए ।गाउँपालिकाले प्रस्तुत बजेट र नीति कार्यक्रममार्फत उपलब्ध श्रोतको उच्चतम उपयोग र समन्यायिक वितरण गरिने, जीवनस्तर सहज, सुरक्षित र गुणस्तरीय बनाइने, र दीगो आर्थिक विकासको जग मजबुत बनाइने विश्वास व्यक्त गरेको छ।


प्रकाशित : २०८२ असार ११, बुधबार १२:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech