
संजय आचार्य लमही
लमही नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८८ करोड ३२ लाख ९८ हजार ९ सय २९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सम्पन्न १७औँ नगरसभा बैठकले उप–प्रमुख लक्ष्मी योगीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेट अनुसार संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १४ करोड ८ लाख, समर्पित तथा सशर्त अनुदान २० करोड २६ लाख ५० हजार ९ सय २२ रुपैयाँ, प्रदेश सरकारबाट सशर्त तथा समर्पित अनुदान २६ करोड १३ लाख ७५ हजार, प्रदेश सरकार विनियोजित योजना ६ करोड २ लाख, र नगर सरकारको आन्तरिक आम्दानी १५ करोड ८२ लाख ६ हजार रहने उल्लेख छ ।
बजेटमा प्रदेश समन्वय मन्त्रालयबाट ९ करोड २० लाख, प्रदेश योजना बोर्डबाट ९ करोड ७२ लाख ३६ हजार, आन्तरिक स्रोतबाट योजना निर्माण तथा सेवासुविधा व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, महिला सशक्तिकरण लगायतका कार्यक्रमहरु समेटिएका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बेककोटा र प्रमुख प्रशासक महेश थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा निजामती कर्मचारी, किसान, शिक्षक, विभिन्न संस्था तथा १२ जना व्यक्तिलाई सम्मानसमेत गरिएको थियो।
नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न १७औँ नगरसभा बैठकले बजेट पारित गरेको हो।