पुर्णचन्द्र परियार
भुमी व्यवस्था गरिवी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारीले आज गृह जिल्लामा रक्षा बन्धन गरि भुमिहिनलाई लालपुर्जा वितरण गर्ने जनाईएको छ । मन्त्री अधिकारीले बाणगंगा २ पिपरामा रहेको प्रकटेश्वर मन्दिरमा धार्मिक प्ररम्परा अनुसार डोरो बाध्दै रक्षा बन्धनको शुभकामना प्रकट गरेका हुन् । रक्षा बन्धनले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वले सहयोग पुर्याएको बताएका छन् ।
नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक, सांस्कृतिक एवं परम्परागत रक्षा बन्धनको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उनले सो कुरामा विश्वास व्यक्त गरेका हुन् ।
“नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको भन्दै मन्त्री अधिकारीले नेपालमा बसोबास गर्ने विभिन्न समुदायले एकै तिथिमा मनाउने रक्षा बन्धन र जनैपूर्णिमा पर्व तथा क्वाँटी खाने परम्परा वर्षौंदेखि सांस्कृतिक त्रिवेणीका रूपमा प्रचलनमा रही आएको छ”, सन्देशमा भनिएको छ । यस्ता पौराणिक पर्व एवं सांस्कृतिक परम्परालाई हामी सबैले सौहाद्र्रपूर्ण माहौलमा मनाउनु पर्दछ भन्ने उनको भनाइ छ ।
आजकै दिन नेपालका केही पवित्र धार्मिकस्थलमा मेला पनि लाग्ने गर्छ । यो मेलाले आन्तरिक पर्यटनको क्षेत्रमा टेवा पुर्याउने गर्छ । यसलाई विदेशी पर्यटक भित्र्याउने माध्यम बनाई यसबाट यथेष्ठ आयआर्जन गरी मुलुकको अर्थतन्त्रलाई सुदृद्ध र सबल बनाउनतिर केन्द्रित हुन आवश्यक रहेको मन्त्री अधिकारीको भनाइ छ । त्यसैगरि आज बाणगंगा ७ का भुमीहिन सुकुम्बासी र अव्यवस्थितलाई लालपुर्जा वितरण गर्ने जनाईएको छ । वडा नं ७ का ३० जनाले पुर्जा पाउने वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिए ।




















