ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शितगंगामा बाघको बिगबिगी, किसान आतंकित

लुम्बिनी दर्पण २०८२ भाद्र ७, शनिबार १२:०२
[sharethis-inline-buttons]

स्वदेशमै केही गरौ भन्ने उदेश्यले कृषिमा सामुहिक लगानी गरेका युवाहरुको सपना बाघले उजाड बनाएको छ । अर्घाखाँचीको एक बाख्रा फर्मका १५ बाख्रा बाघले मारेको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ मुस्यान माझिफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फर्मका १५ बाख्रा बाघले मारेको हो । बुधबार बाख्रा चराउन जङ्गल जादा एकै दिन ३० बाख्रा हराएका थिए । जसमध्ये १५ बाख्रा फर्ममा आए, ती मध्य एउटा घाइते रहेको र अरु बाख्रा मध्ये ७ बाख्रा बाघले मारेको अवस्थामा विहिबार ५ र शुक्रवार दुईवटा फेला पारिएको फर्मका संचालक घनश्याम अधिकारीले जानकारी दिए । अरु ८ बाख्रा शनिबारसम्म फेला पार्न नसकिएको उनले बताए । बाख्रा हराएपछि लगातार खोजी कार्य गरिरहेको उनले जनाए । तर यतिका दिनसम्म बाख्रा फेला नपर्नूले ती बाख्रालाई पनि बाघले भेटेको उनको आशंका छ । भेटिएका ७ बाख्रा मध्ये ४ बाख्रालाई पछाडीको भागमा क्षति गरेको अरु मारेर छाडेको अवस्था भेटाइएको उनले जनाए । मरेका बाख्रालाई झन्डै एक किलोमिटरमा फेला पारिएको थियो । देउराली–पारे सामुदायिक वन क्षेत्रमा उक्त बाख्रालाई बाघले शिकार बनाएको हो ।
झन्डै दुई बर्ष अगाडि यहाँ बाख्रापालनका लागि १२ लाख लगानी लगाएर संरचना बनाइएको थियो । बाख्रासङ्गै फर्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको छ । फर्ममा अहिलेसम्म झन्डै ३५ लाख लगानी लगाइएको फर्मका अर्का संचालक बिष्णु पौडेलले बताए । बाघले गर्दा फर्मका ठूलो क्षति पुगेको संचालक पौडेलले गुनासो गरे । गएको जेठ महिनामा २५ सय ब्रोइलर कुखुरा मध्ये एकै दिन १२ सय कुखुरा मरेका थिए । फेरि बाख्रामा ठूलो क्षति पुगेको उनले बताए । अधिकारी लगाएत ५ युवाले संयुक्त लगानी गरि अर्घाखाँचीको शितगंगा १३ मा हिमालयन बाख्रा तथा कृषि फर्म नामबाट एकिकृत कृषिमा लगानी गर्दै आएका थिए । लगातारको क्षतिले फर्म सञ्चालक चिन्तामा छन् । स्वदेशमै केही गर्नूपर्छ भनेर पशुपंक्षीपालनमा लगानी लगाएपनि सोचेजस्तो हुन नसकेको उनले जनाए ।
बाख्रा मारेको अवस्था हेर्दा चितुवा नभएर बघेनी रहेको गाउँले बताउँछन् । चरन क्षेत्रमा गएका बाख्रा केही नभेटिएपछी सोही दिन नै संचालक सहित गाउँलेहरु खोजी कार्यमा निस्कएका थिए । राती अबेर सम्म बाख्रा नभेटिएपछी अर्को दिन खोज्न जादाँ चितुवाले जंगलमा बाख्रा एकाएक एक किलोमिटरको दुरीमा लखेटेर मारेको भेटिएको स्थानीय बाबुराम भाटक्षेत्री बताउछन् । पछिल्लो समय यस क्षेत्रमा बाघको बिगबिगी बढ्दो छ । बुधबार राति मात्र नजिककै भलासिक्र गाउँको एक खोरका ४ बाख्रा जंगली जनावरले मारेको, एक बाख्रालाई घाइते पारेको प्रहरी चौकी सिमलपानीले जनाएको छ ।


प्रकाशित : २०८२ भाद्र ७, शनिबार १२:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech