ताजा अपडेट

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

चिया साथी उद्घाटन तयारी पुरा ,युवा व्यवसायी शर्माले उद्धघाटन गर्ने

लुम्बिनी दर्पण २०८२ भाद्र १५, आईतवार २१:१०
[sharethis-inline-buttons]

लुदस , जीतपुर
कपिलवस्तुको वाणगंगा नगरपालिका–१ मा चिया साथीको उद्घाटन अन्तिम तयारी भएको छ । उदघाटन संघारमा आईपुग्दा चिया साथीको व्यवस्थापनलाई निकै व्यवस्थित पारिएको जनाईएको छ ।आत्मीयताको सन्देश बोकेको नयाँ क्याफे “चिया साथी” अब सर्वसाधारणका लागि संचालनमा आउन लागेको छ । सोमबार, यस क्षेत्रका सफल युवा समाजसेवी तथा व्यवसायी आशिष शर्माको विशेष उपस्थितिमा क्याफेको भव्य उद्घाटन हुने भएको छ।

यो क्याफे केवल चिया–कफीको स्वाद मात्र होइन, मित्रता, आत्मीयता र सामाजिक सद्भावको गहिरो स्वाद पनि पस्कने छ । यसको परिकल्पना गरेका छन् – समाजसेवी र युवा आइकन तिलकराम (टीआर) पाण्डेले। सामाजिक तथा राजनीतिक क्षेत्रका लागि निरन्तर क्रियाशील पाण्डेले यसपटक व्यवसायमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने सपना देखेका छन्।

यो केवल क्याफे होइन, सम्बन्ध गाँस्ने र सद्भाव साट्ने थलो हो, पाण्डे भन्छन्। उनका अनुसार, चिया साथी केवल उद्यमशीलता हैन, आत्मीयता र सामाजिक समरसता संस्थागत गर्ने एउटा प्रयास हो।

विगत केही वर्षदेखि वाणगंगा क्षेत्रका युवाहरूले आफ्नै शहरमा यस्तो स्थानको अभाव महसुस गर्दै आएका थिए – जहाँ दिनभरको व्यस्त जीवनशैलीबाट केही बेर विश्राम लिई सँगै बसेर कुरा गर्न सकियोस्, मुस्कान साट्न सकियोस् पाण्डेले भने । “चिया साथी” त्यही आवश्यकतालाई आत्मसात गर्दै जन्मिएको अवधारणा हो। यहाँ केवल स्वादिष्ट पेय होइन, आत्मीय परिवेश पनि पस्किने तयारी गरिएको छ – जहाँ परिवार, साथीसङ्गी वा व्यावसायिक भेटघाट समान सहजता र अपनत्वमा सम्पन्न होस्।

सामान्य चिया पसलभन्दा भिन्न ढंगमा सजिएको क्याफेमा स्थानीय स्वादलाई प्राथमिकता दिइने छ। क्याफेको भित्री सजावटदेखि मेनु सम्म, सबैमा मौलिकता र सादगीको समिश्रण देख्न सकिन्छ – जुन यहाँको सांस्कृतिक पहिचानसँग मेल खान्छ।

हामी व्यापारमा नाफा मात्र होइन, सम्बन्धमा माया खोज्छौं पाण्डे मुस्कुराउँदै भन्छन्। पाण्डेका अनुसार, “चिया साथी” एक यस्तो थलो हो – जहाँ हरेक उमेर, वर्ग र पेसाका मानिसहरू आपसमा आत्मीयता साट्न सकून्।

उद्घाटन समारोहमा युवा समाजसेवी तथा व्यवसायी आशिष शर्माको उपस्थितिले यो क्याफेलाई थप हौसला र प्रेरणा दिने विश्वास गरिएको छ। शर्मा स्वयं पनि कपिलवस्तु जिल्लामा सफल उद्यमीका साथै युवाबीच प्रेरणाका पात्र मानिन्छन्। “चिया साथी” अब कफी मात्र होइन, कथा साट्ने, मित्रता गाँस्ने र शहरमा नयाँ ऊर्जा ल्याउने थलो बन्ने दिशामा अग्रसर छ।

समाजसेवी तथा सफल व्यवसायी आशिष शर्माको व्यवसायीक कार्य अनुभव

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआटी) बाट एमबीए गरेका छन् शर्माले । शर्मासँग वित्तीय सेवा सहित विभिन्न क्षेत्रहरूमा व्यवसाय इकाई प्रमुखको रूपमा १४ वर्ष भन्दा बढीको कार्य गरेको अनुभव रहेको छ । यस्तै चौधरी समूको वित्तीय शीर्षकमा वरिष्ठ महाप्रबन्धकको रूपमा कार्य गरेको पनि अनुभव शर्मासँग रहेको छ । शर्माले कार्यकारी सदस्यको रुपमा उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श र महासंघमा काम गरेका छन् ।बबकष्कज कजबचबmब.वउन

नेपाल व्यवस्थापन संघमा सदस्यको रुपमा र विभिन्न कम्पनीको बोर्डमा सेवा र सञ्चालकको जिम्मेवारी सम्हालेको अनुभवी युवा हुन् शर्मा । शर्मा हिमालयन बैंक लिमिटेडको निर्देशकको रुपमा काम गरेको अनुभव छ । शर्माले अध्यक्ष युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडस् इजाजतपत्र प्राप्त एक अग्रणी सामान्य बीमा कम्पनी र नेपाल बीमा नियामक बिमा समितिमा रही कार्य गरेका छन् ।

शर्माले बोर्डमा निर्देशकको रूपमा नबिल बैंक लिमिटेड, एक अग्रणी वर्ग ‘क’ वाणिज्य बैंकमा समेत काम गरेको अनुभव छ । नेपाल राष्ट्र बैंक, नेपाल केन्द्रीय बैंक द्वारा नेपाल इजाजतपत्र र नियमन युनाइटेड फाइनान्स कम्पनी लिमिटेडमा सञ्चालकको रूपमा कार्य गरेको अनुभव छ । शर्मा हिमालयन बैंकका बोर्ड मेम्बर पनि हुन् । शर्माले कपिलवस्तु जिल्लामा २५ करोड लागतमा नेपालकै पहिलो परिमार्जित वातावरण कोल्ड स्टोर बुद्धभूमिमा संचालन गर्दै आएका छन् ।


प्रकाशित : २०८२ भाद्र १५, आईतवार २१:१०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

भर्खरै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech