
लुदस, जीतपुर
कपिलवस्तुमा प्रर्दशनकारी जेनजी पुस्ताले भर्खरै नेकपा एमाले कपिलवस्तुका पुर्व अध्यक्ष डम्बर शर्माको घर तोडफोड पछी आगजनी गरेका छन् यस अगाडी नेपाली कांग्रस नेता एव पुर्वमन्त्री दिप कुमार उपाध्यायको घरमा आगजनी गरेका छन् । यस अगाडी बाणगंगाका मेयर चक्रपाणी अर्याल, भुमी मन्त्री बलराम अधिकारी राष्टिय सभा उपाध्यक्ष विमला घिमिरे र नेकपा माओबादी केन्द्रका सचिव एवं पुर्व मन्त्री बलदेव खनालको घरमा आगजनी गरेका हुन् । बाणगंगा क्षेत्रका प्रर्दशनकारीले ५ घण्टामा ५ घरमा आगजनी गरेका हुन् । जेनजी पुस्ताले् नेता र जनप्रतिनिधि केन्द्रित गरेका छन् ।