डडेलधुरा कारागारबाट भागेका ६१ कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ।
बुधबार कारागार तोडफोड गरेर भागेका ८५ कैदीबन्दीमध्ये ६१ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले नियन्त्रणमा लिएर कारागारमा राखेको छ।
जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार अहिले कारागारमा १ सय ३ कैदीबन्दी छन्। यस्तै अन्य जिल्ला कारागारबाट भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिएर डडेलधुरा प्रहरीले सम्बन्धित जिल्लामा पठाइरहेको छ।डोटीको बाल सुधार गृहबाट फरार भएका २ जनालाई पक्राउ गरेर जिप्रका कैलालीको बाल निगरानी कक्षमा राखिएको छ। कञ्चनपुर कारागारबाट भागेका एक कैदीलाई पनि पक्राउ गरिएको छ।इलाका प्रहरी कार्यालय जोगबुढाले ती कैदीलाई पक्राउ गरेर कञ्चनपुर प्रहरीलाई बुझाने काम गरिरहेको जनाएको छ




















