ताजा अपडेट

प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

आजदेखि शहीद सप्ताह शुरु

मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विहे गरेको २ महिनामै जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै स्तब्ध

Lumbini Darpan 3 २०८२ भाद्र २८, शनिबार ११:२१
[sharethis-inline-buttons]

दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिएका थिए। आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मंगलबार काठमाडौंमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर ज्यान गुमाउन पुगे।
बाइस वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै प्रणयसूत्रमा गाँसिएका हुन्। तर कलिलो उमेरमै आन्दोलनमा परेर ज्यान गुमाएपछि अहिले वीरगञ्ज महानगर मुर्लीका बासिन्दा शोकमा डुबेका छ।

विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा असहाव काठमाडौंमा रहँदै आइरहेका थिए तर, मंगलबार पठाओमा यात्रुलाई गोंगबु लैजाने क्रममा प्रहरीको गोली लागेर जेनजी आन्दोलनमा सहादत प्राप्त गरेको उनको परिवारले जनाएको छ।

उनको मृत्युसँगै अहिले उनको आमा नजला खातुन र उनकी श्रीमती रोक्सिता खातुन बेलाबखतमा मूर्च्छित हुँदै अचेत अवस्थामा रहेकी छन्। आफ्नो छोराको मृत्युले विछिप्त भएकी आमा नजला खातुनले आफ्नो छोरा श्रवणकुमारजस्तै आमाबुबालाई असाध्यै माया गर्ने सन्तान रहेको बताइन्।

‘मेरो छोरा श्रवणकुमार जस्तै थियो। भर्खरै बिहे गरेर बुहारी भित्र्याएको छ। अब मेरी बुहारी कसको मुख हेरेर बाँच्ली,’ आमा नजलाले रुँदै भनिन्, ‘दुई महिनाअघि मात्रै विवाह गरेर ल्याएकी बुहारीको सिउँदो उजाडिएको छ।’ आमा नजमाले आफ्नो छोरालाई प्रहरीले किन मारेको भनेर बारम्बार प्रश्न सोध्दै आइरहेकी छन्। ‘अहिले बुहारी छोराको यादमा बिलौना गरेर बसिरहेकी छन्। मेरी बुहारीले के अपराध गरेकी थिइन् र उनलाई बिछोड गराइयोरु’ उनले स्तब्ध हुँदै भनिन्।
मृतक ठकुराई पाँच सन्तानमध्येका तेस्रो छोरा हुन्। असहाव वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट कक्षा १२ व्यवस्थापन संकाय पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौं गएका थिए। असहावका छिमेकी मनोज गुप्ताले असहाव गत मंगलबार बिहान १०ः०० बजेपछि सम्पर्कविहीन भएपछि खोजी गर्दा उनको शव काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएको जानकारी दिए।
‘असहावको छाती र पेटमा गरेर दुई वटा गोली लागेको देखिन्छ,’ उनले भने, ‘शुक्रबार परीक्षणलगायतका प्रक्रिया पूरा गरेर असहावका काकाले उनको शव ल्याउँदै छन्।
छिमेकी गुप्ताले असहाव निकै मिजासिलो र आँखामा राख्दा पनि नबिजाउने प्रकृतिको व्यक्तित्व रहेको बताए।
असहावका काका असराल आलम ठकुराईले असहावको मृत्युले निकै मर्माहत भएको बताए। ‘उनको मृत्युले हामी निकै मर्माहत भएका छौं,’ उनले भने, ‘जेनजी आन्दालेनमा असहावजस्तै ज्यानको आहुति दिने योद्धाको बालीदानले मुलुकमा नयाँ क्रान्तिको सुरुआत होस्।’
वीरगञ्ज महानगर–१३ का पूर्ववडाध्यक्ष तुफान अन्सारीले आफूले एक असल छिमेकी भाइ गुमाउनुपर्दा निकै मर्माहत भएको बताए।
असहाव भाइ निकै असल व्यक्ति हुनुहुन्थ्यो। उहाँको निधनले अपुरणीय क्षति भएको छ,’ उनले भने, ‘अहिले उहाँको परिवारमात्रै नभएर सिंगो मुर्लीवासी स्तब्ध र शोकमा डुबेका छौं।’ शुक्रबार साँझ जेनजी आन्दोलनमा ज्यान गुमाएका असहावको सम्झना गर्दै वीरगञ्जका मुर्लीवासीले वीरगञ्जको प्रतिमाचोकमा मैनबत्ती बालेर स्मरण गरेका छन्। रासस


प्रकाशित : २०८२ भाद्र २८, शनिबार ११:२१

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

भर्खरै

  • प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

  • आजदेखि शहीद सप्ताह शुरु

  • मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

  • कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

  • बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

  • छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

  • उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

  • आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech