ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

Lumbini Darpan 2 २०८२ कार्तिक २५, मंगलवार १९:०५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
क्वेस्ट नेपाल लुम्बिनी हबको आयोजनामा कपिलवस्तुमा एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको १० औं सम्मेलन हुने भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ बग्दि स्थित सनलाईट ईगंलीश बोर्डिङ्ग स्कुलमा यहि मंसिर ५ र ६ गते गते विद्यार्थीहरुको शैक्षिक महोत्सवको रुपमा रहेको एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) १० औं सम्मेलन हुने भएको हो । सम्मेलनको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

कपिलवस्तुका १७ विद्यालयका ७ सय बिद्यार्थी सहभागी हुने र अन्य जिल्लाका ८ विद्यालयका विद्यार्थीहरु पर्यवेक्षकको रुपमा समावेश हुने जनाईएको छ । १७ विद्यालय क्वेस्ट नेपालका सदस्य मध्येबाट उपस्थित हुने र अन्य ८ विद्यालयका विद्यार्थीहरु पर्यवेक्षकको रुपमा सहभागी हुने क्वेस्ट नेपाल लुम्बिनी हवका अध्यक्ष मदन मल्लले जानकारी दिनुभएको छ ।

कार्यक्रमको उद्घाटन सम्भव भए सम्म लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुने र उद्घाटन कार्यक्रममा प्रदेश सांसद, नगरपालिकाका जनप्रतिनिधि, क्वेस्ट नेपालका केन्द्रिय अध्यक्ष सहित पदाधिकारीहरुको उपस्थिती रहने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

कार्यक्रममा लुम्बिनी हवका कोर्डिनेटर तथा पत्रकार सम्मेलनका अध्यक्ष मदन मल्लले एस.क्यु.सी.अन्र्तगत विद्यार्थीहरुको स–साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपायहरु पहिल्याउने र आफै एवं अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा वृहत सांस्कृतिक कार्यक्रम, क्विज, हिज्जे, व्यक्तित्व संगै उद्घोषण तालिम तथा ए.आई. सम्बन्धि प्रशिक्षण दिनुका साथै अन्य विभिन्न विधामा प्रतियोगिता गराईने समेत जानकारी गराईएको छ ।

विगतमा १ दिने गरिए पनि ८ औं कन्भेन्सनबाट २ दिने वृहत सम्मेलन गर्न लागिएको छ भने सम्पुर्ण विधाहरु समापन गर्ने जिम्मेवारी पनि विद्यार्थीहरुलाई दिईएको जस्ले विद्यार्थीहरुको क्षमता विकास हुने क्वेस्ट नेपाल लुम्बिनी हवका सचिव तथा भुपु सैनिक ईगंलीश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल डम्बर बहादुर सोमैले बताउनुभयो ।

कार्यक्रममा प्याब्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र बिक्रम सिंहले कार्यक्रममा सम्पुर्ण क्रियाकलापको जिम्मेवारी विद्यार्थीहरुलाई दिईने भएकाले प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक समग्र सबै पक्षको विकास हुने भएकाले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रमका अतिथि सनलाईट ईगंलीश बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक एस.एन. त्रिपाठीले विद्यार्थीहरुलाई श्रृजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण टेवा पु¥याउने र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन पाउने हुदाँ कपिलवस्तुमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सनलाईट ईगंलीश बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक एस.एन. त्रिपाठीको स्वागत तथा क्वेस्ट नेपाल लुम्बिनी हबका सचिव डम्बर बहादुर सोमैको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा लुम्बिनी हवमा आवद्ध विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

विद्यार्थी गुणीय चक्र के हो त ?
सर्वप्रथम त यसको नामाकरणलाई हेरौं । ‘गुणस्तर’ ले एक प्रकारको सीमा तोकेको हुन्छ भने ‘गुणीय’ले क्रमिक सुधार जनाउँछ । र चक्र भन्नाले समानता र समदुरी जनाउँ छ । सिधा रेखामा कोही अघि कोही पछि हुन्छन भने चक्रमा केन्द्रबाट सबै बराबरको दुरीमा हुन्छन् । यसले कोही सानो वा ठूलो नभएर सबै बराबर र उत्तिकै महत्वपूणर् हुन भन्ने जनाउँछ । यसको सुन्दर पक्ष भनेकै यही हो । जुन समतामुलक समाजको हामी परिकल्पना गरिरहेका छौं त्यो कोरा भाषण वा सिध्दान्तका कुरा गरेर प्राप्त हुनेवाला छैन । साना कलिला विद्यार्थीलाई यसको अभ्यास गर्न सिकाएर मात्रै हुन्छ ।

यसले काम कसरी गर्छ ?
यस गतिविधिमा विद्यार्थीहरूको ४ देखी १० जना सम्मको समूह हुन्छ, जुन विद्यार्थी आफैले बनाउँछन । उनीहरूलाई आफ्ना वरीपरी भएका समस्याको वैज्ञानिक अनुसन्धानात्मक विधि प्रयोग गरेर हल गर्न सिकाइन्छ। यसमा सर्वप्रथम विद्यार्थीहरूले आफ्ना समस्या पहिल्याउँछन। ती समस्याहरू स्कूल वा घरसंग सम्बन्धित हुन सक्छन जस्तै स्कूलमा प्राङगण फोहर हुने, विद्यार्थीहरू छाडा कुरा बोल्ने, ठूला कक्षाकाले साना कक्षाकालाई हेप्ने, धम्क्याउने आदि र घरमा भएका समस्यामध्ये अत्यधिक टिभी हेर्ने, बाउआमाको झगडाले गर्दा केटाकेटीको पढाईमा असर पर्ने आदि जस्ता समस्या ब्रेनस्टर्मिङको तरिका प्रयोग गरेर पहिल्याउँछन, त्यसपछि समूहका प्रत्येक सदस्यले यसरी जम्मा भएका समस्याहरूलाई मत दिएर जुन समस्याले सबभन्दा बढी मत पाउँछ त्यसलाई त्यस समूहको साझा समस्या मानेर अन्य वैज्ञानिक विधि जस्तै चेकशिट, हिस्टोग्राम, बार डाइग्राम, फ्लो चाट्र्, परेटो डाइग्राम, ईशीकावा (कज एण्ड ईफेक्ट वा फिशबोन) डाईग्राम, स्क्याटर डाइग्राम आदि प्रयोग गरेर समस्याको गहिराईमा पुगेर तिनका कारण र निवारण निर्धारण गर्छन र आफूले अध्ययन गरेको समस्याको समाधान निकाल्छन। समाधानलाई कार्यान्वयन गरे पछि त्यसको न्यूनिकरण भएको तुलनात्मक अध्ययन गरेर मापन गर्छन र यसको असरको मूल्याङकन गर्छन। कपिलवस्तुमा यो नयाँ विषय भएको हुदाँ लुम्बिनी दर्पणले विशेष चासोका साथ कार्यक्रमको जानकारी लिएको थियो ।

कार्यक्रममा जानकारी गराए अनुसार समस्या समाधानको एक चक्र पूरा गरी सके पछि फेरी अर्को समस्या र अर्को चक्र आरम्भ हुन्छ । समस्या समाधानको यस्तो प्रक्रियाबाट विद्यार्थीले व्यक्तित्व विकास र नेतृत्व क्षमताको विकास गर्छन। यसबाट विद्यार्थीले हचुवाको भरमा समस्याको समाधान नखोजी वैज्ञानिक विधि अपनाउन, समूहमा मिलेर अर्काको विचारको कदर गर्दै सुमधुर सम्बन्ध कायम गर्न, रचनात्मक सोचको विकास गर्न, आत्मविश्वास विकास गर्न, सार्वजिनक रुपमा आफ्ना कुराहरू राख्न र त्यसको प्रभावकारी सम्प्रेषण गर्ने जस्ता शिपहरू सिक्छन। समस्या समाधान त यस प्रकृयाको साधन मात्र हो, साध्य त बच्चालाई चतुर र असल बनाई एक सम्पूर्ण मानवको रुपमा योग्य र असल नागरिक निर्माण गर्नुे अध्ययन विधि हो ।


प्रकाशित : २०८२ कार्तिक २५, मंगलवार १९:०५

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech