लुदस, जीतपुर
राष्ट्रिय जनमोर्चा कपिलवस्तुका ३ वटै क्षेत्रका उम्मेदवारहरु पार्टीको संघियता विरोध,प्रदेश खारेजीको नारा सहित जनतामा जाने नितिले उत्साहित भएका छन् । कपिलवस्तु क्षेत्र नं ३ को शुक्रबार र आज शनिवार क्षेत्र नं २ र १ को अगुवा कार्यक्रर्ता भेलामा बोल्दै उम्मेदवारहरु पार्टीको हालसम्मको छवि र जनताको चाहाना अनुसार का कार्यक्रमले आफुहरुमा उत्साह रहेको र कार्यक्रताहरुले पनी जुझारु साथ दिनुपर्नेमा जोड दिएका थिए । क्षेत्र नं ३ मा राष्टिय जनमोर्चाका तर्फबाट जिल्ला सचिव केरसिंह अदै , २ मा महिला नेत्री लक्ष्मी पोख्रेल भट्टराई र क्षेत्र नं १ मा युवा नेता माधव भाट क्षेत्री चुनावी मैदानमा छन् । आज आयोजित चुनावी सभालाई संम्बोधन गर्दै कार्यवाहक अध्यक्ष रेश्मीराज नेपालीले आफ्नो पार्टीले वर्तमान अवस्थामा प्रमुख लडाई सामन्तवाद र साम्राज्यवादसँग भएको बताएका थिए । क्षेत्र नं १ र २ का अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेपालीले पुनरुत्थानबादी शक्ति र साम्राज्यवादी शक्तिको चलखेल बढ््दा राष्ट्रियता र गणतन्त्र धरापमा परेको बताए ।

भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष नेपालीले राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा एवं साम्राज्यवाद बिरुद्ध संघर्षको नारालाई समेटेको चुनावी घोषणा पत्र समेत सार्वजनिक गरेको हुन ।
भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाकार तथा समानुपातिक उम्मेद्वार दधिराम आचार्य, अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे, , बणगंगा नगर अध्यक्ष दल बहादुर कुँवर, युवक संघ कपिलवस्तुका उपाध्यक्ष अभिषेक आचार्य लगाएतको चुनावी सुझाव सहितको मन्तब्य रहेको थियो ।



















