ताजा अपडेट

बडीमालिका जाने क्रममा बेहोस भएका लेखा अधिकृतको मृत्यु

बल्खुमा ३३ औं मदन–आश्रित स्मृति सभा

वेलफेयरको साधारणसभा र अधिवेशन, नेतृत्व हस्तान्त्रण गर्दै अध्यक्ष खाँण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ३ जना पक्राउ

सेन्सर बोर्ड सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाइँदै

रासायनिक मलको विकल्प खोज्छौँ: मन्त्री चौधरी

सहकारी ठगीमा रास्वपाका नेता रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

वेलफेयरको साधारणसभा र अधिवेशन, नेतृत्व हस्तान्त्रण गर्दै अध्यक्ष खाँण

लुम्बिनी दर्पण २०८३ जेष्ठ ३, आईतवार ०९:४६
[sharethis-inline-buttons]

लुदस, जितपुर

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित बाणगंगा वेलफेयर सोसाइटीको ११ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार उद्योग वाणिज्य संघको सभाहल चार नम्बरमा उक्त कार्यक्रम भएको हो ।

वि.सं. २०६६ सालमा केही उत्साही युवाहरुको साझा सपना, सामाजिक उत्तरदायित्व र परिवर्तनको दृढ संकल्पबाट “बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटी” को स्थापना भएको थियो । खेलकुद, संस्कृति संरक्षण, लागूऔषध दुर्व्यसन विरुद्ध सचेतना र सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यले सुरु भएको यो संस्था पछिल्लो समय कपिलवस्तु जिल्लाकै एक सक्रिय सामाजिक संस्थाको रुपमा स्थापित भएको छ ।

सम्पन्न साधारणसभा कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार खाँणको अध्यक्षता तथा बाणगंगा नगर उप प्रमुख रिता कुमारी थारुको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बाणगंगा वेलफेयर सोसाइटीले आफ्‌नो स्थापना समयदेखि हाल सम्म भएका खासखास कार्यक्रमहरुको वृत्त चित्र, प्रतिवेदन तथा जानकारी दिएको छ ।

बजार क्षेत्रको फोहोर व्यवस्थापनदेखि सडक बत्ती, सिसिटिभी जडान, प्रतिक्षालय निर्माण, खानेपानी व्यवस्थापन, पार्क तथा गेट संरक्षण, बुद्धरंगशालाको विकास, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, युवा खेलाडीहरुको सहभागिता, सांस्कृतिक कार्यक्रम, सडक खाना महोत्सव लगायतका विविध सामाजिक कार्यमा संस्थाले निरन्तर सक्रिय भूमिका निर्वाह गरेको संस्थाका अध्यक्ष राजकुमार खाँणले बताए ।

कार्यक्रममा नगर उप प्रमुख थारुले बाणगंगा वेलफेयर सोसाइटीले यहाँको एक प्रतिष्ठित संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै अझै थप सफलताको शुभकामना व्यक्त गरिन । उनले सामाजिक विकास र युवाहरुको एकताका लागि पनि संस्थाले काम गरेको कुरा सराहनीय रहेको बताइन । उनले अधिवेशनबाट बन्ने नयाँ नेतृत्व र टिमलाई पनि अग्रिम शुभकामना व्यक्त गरेकी छिन् ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष मोहन पाण्डेले बाणगंगा वेलफेयर सोसाइटीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले बाणगंगा वेलफेयर सोसाइटीले चालु आ.व को वैशाख मसान्त सम्म १९ लाख २१ हजार ९४५ रुपैँया आम्दानी र ९ लाख ६९ हजार ३८५ खर्च सहितको प्रतिवेदन प्रसतुत गरे ।

यस्तै संस्थाका महासचिव बुद्धि बहादुर रोका (दिनेश) ले संस्थाको प्रगति प्रतिवेदन प्रसतुत गर्दै एक आर्थिक वर्षमा भएका कार्यहरु र आगामी योजनाबारे जानकारी गराए ।

विशेषगरी, कपिलवस्तु महोत्सवको सफल आयोजना मार्फत जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा संस्थाले महत्वपूर्ण योगदान पुर्‍याएको बताएको छ । पछिल्लो पटक सम्पन्न १६ औं कपिलवस्तु महोत्सवले जिल्लाको पहिचानलाई अझ उचाइमा पुर्‍याएको उनको प्रतिवेदनमा उल्लेख छ ।

सफल नेतृत्व गरेका खाँण जिम्मेवारी सुम्पदै

बाणगंगा वेलफेयर सोसाइटीको सफल नेतृत्व गरेका राज खाँण संस्थाको छैठौँ अधिवेशनबाट पदभार तथा जिम्मेवारी सुम्पने तयारीमा छन् । उनले बाणगंगा वेलफेयर सोसाइटीको नेतृत्व लिए यता प्रतिष्ठित मानिएको कपिलवस्तु महोत्सवका पाँचवटा संस्करण आफ्‌नै संयोजकत्वमा सफलतापुर्वक सम्पन्न गर्ने पहिलो अध्यक्ष पनि हुन ।

उनै खाँणले अहिले भने वेलफेयरको नेतृत्व हस्तान्त्रणको चरणमा आफू पुगेको बताएका छन् । अब बन्ने नयाँ कार्यसमिति र नेतृत्वलाई सहयोग आफ्‌नो निरन्तर रहने पनि प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले बाणगंगा वेलफेयर सोसाइटीले स्थापनादेखि हाल सम्म निरन्त सक्रियताका साथ कामहरु संचालन गरेको भन्दै प्रशंसा गरेका थिए ।

कपिलवस्तुमा २०६५ बाट महोत्सवको सुरुवात भयो । महोत्सवको पहिलो संयोजक को रुपमा स्थानिय समाजसेवी स्व.शंकर प्रसाद आचार्य रहेका थिए भने दोस्रो महोत्सव संयोजकमा तत्कालिन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहेका थिए । तेस्रो महोत्सव संयोजक चर्चित समाजसेवी स्व. शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने विविध कारण रोकिन थाल्यो र बाणगंगा स्पोर्टस क्लवका युवाहरुले काध थापे जसमा संयोजक वेलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए । सातौ , नवौं र एघारौ महोत्सवको रथ संयोजक वेलफेयरका अध्यक्ष राजकुमार खाँणले हाकेका थिए भने १० आंै महोत्सव अर्थात १ दशकको महोत्सव भने विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ नेतृत्वमा थियो ।
यस अगाडीका बाहै र तेहै महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरको संयोजकत्वमा संम्पन्न भएका हुन् । १५ औ महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष गणेश क्षेत्रीले सम्हाले
१४ औं १६ औं कपिलवस्तुको नेतृत्व चर्चित समाजसेवी व्यातिmत्व एवं बाणगंगा वेलफेयर सोसायीटीका अध्यक्ष खाँणले संँम्पन्न गरे । सामाजिक सेवा भावमा भाषणभन्दा कममो जोड लिनुपर्छ भन्ने धारणा राख्ने खाँणले वेलफेयरलाई एक उचाईमा पुयाए सवैलाई समेटेर कुशल नेतृत्वबाट विदा लिए । क्लवलाई यस उचाईमा पुयाउदा अहिले नेतृत्वमा आउने कार्यसमिति सदस्यहरुको तिब्र प्रतिस्पर्धा रहेको छ । जसका विचबाट आज सर्वसम्मत नयाँ नेतृत्व सहित समिति चयनका लागि छलफल भैरहेको छ ।

हाल यो संस्थाले आफ्नै भवन निर्माण गरी संस्थागत व्यवस्थापनलाई थप मजबुत बनाएको छ भने समाजमा व्याप्त लागूऔषधको समस्यामा फसेका युवाहरुलाई उपचार तथा पुनःस्थापनाको लागि सहयोग गर्दै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गरिरहेको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु थापा सहित पुर्व अध्यक्षहरु, सल्लाहाकार सदस्यहरु, वर्तमान कार्यसमिति तथा साधारण सदस्यहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु, संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८३ जेष्ठ ३, आईतवार ०९:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बुद्धशान्ति ईङ्गलिस बोर्डिङ्ग स्कुलको सम्मान कार्यक्रम : पूर्व विद्यार्थीको सफलतामा विद्यालय गौरवान्वित
  • सेवा, सहानुभूति र सहयोगको पाठ सिकाउँदै विद्यार्थी
  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
प्रतिक्रिया

यो पनि पढौँ

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ३ जना पक्राउ

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाइँदै

रासायनिक मलको विकल्प खोज्छौँ: मन्त्री चौधरी

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

कर्मचारी संगठनद्वारा सरकारको कडा विरोध ः ट्रेड यु्नियन पुनर्स्थापना नगरे कडा आन्दोलन गर्ने चेतावनी

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

भर्खरै

  • बडीमालिका जाने क्रममा बेहोस भएका लेखा अधिकृतको मृत्यु

  • बल्खुमा ३३ औं मदन–आश्रित स्मृति सभा

  • वेलफेयरको साधारणसभा र अधिवेशन, नेतृत्व हस्तान्त्रण गर्दै अध्यक्ष खाँण

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

  • यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ३ जना पक्राउ

  • सेन्सर बोर्ड सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त

  • लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाइँदै

  • रासायनिक मलको विकल्प खोज्छौँ: मन्त्री चौधरी

  • सहकारी ठगीमा रास्वपाका नेता रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

  • मेरो लक्ष्य, उज्यालो भविष्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech