ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

लुम्बिनी दर्पण २०८३ जेष्ठ ५, मंगलवार २०:४१
[sharethis-inline-buttons]

कपिलवस्तु,

संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियताको विषयलाई केन्द्रमा राख्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज चार नम्बर जीतपुरमा वृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम ले १५ बुँदे कार्यपत्र प्रस्तुत गर्दै संविधान संशोधनका विषयमा सचेत रहनुपर्ने आवश्यकता औंल्याएका थिए। उनले गणतन्त्र र राष्ट्रियताको रक्षा, संघीयताको खारेजी तथा वर्तमान अवस्थामा राष्ट्रिय एकताको आवश्यकता रहेको विषय कार्यपत्रमा समेटिएको जानकारी दिए।

प्रस्तुत कार्यपत्रमा वर्तमान सरकारको अधिनायकवादी चरित्र र मौलिक अधिकारमाथिको हस्तक्षेपले २०७२ सालको संविधानले प्रदान गरेका अधिकारमाथि कुठाराघात भएको उल्लेख गरिएको थियो। साथै गणतन्त्र, प्रजातन्त्र र संविधान पक्षधर शक्तिहरूबीचको एकताबाट मात्रै संविधान तथा प्राप्त उपलब्धिको रक्षा गर्न सकिने निष्कर्ष प्रस्तुत गरिएको थियो।

कार्यक्रममा कार्यपत्रमाथि धारणा राख्दै नेपाली कांग्रेस का नेता हरी प्रसाद पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला सचिवालय सदस्य भेषराज पाण्डे, नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश सदस्य नारायण भुसाल, नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य संघ प्रसाद थारु, क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज दीपक पौडेल, नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोखरेल तथा नेकपा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षेत्री ले आ–आफ्नो धारणा राखेका थिए।

वक्ताहरूले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सरकारका अधिनायकवादी कदमविरुद्ध साझा धारणा निर्माण गर्न आवश्यक रहेको बताएका थिए। साथै विभिन्न राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास गरेको भन्दै राष्ट्रिय जनमोर्चालाई धन्यवाद दिएका थिए। यद्यपि संघीयता खारेज गर्ने विषयमा भने सहभागीहरूबीच फरक–फरक धारणा रहेको थियो।

रामप्रसाद बेल्बासे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल को आतिथ्यता रहेको थियो। कार्यक्रम सञ्चालन शशी सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य राजमो जिल्ला सचिव केर सिंह अदैले राखेका थिए।


प्रकाशित : २०८३ जेष्ठ ५, मंगलवार २०:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech