ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

श्रृङ्गिघाटको नमुना काम वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा सक्रिय

लुम्बिनी दर्पण २०८३ असार १४, आईतवार १४:३९
[sharethis-inline-buttons]

 

लुदस,

सामुदायिक वनहरू केवल वन संरक्षण र व्यवस्थापनमा मात्र सीमित नरही पछिल्लो समय सामाजिक उत्तरदायित्वका विभिन्न कार्यमा समेत सक्रिय हुन थालेका छन् ।

जसको ज्वलन्त उदाहरण बनेको श्रृङ्गिघाट सामुदायिक वनबाट प्राप्त आम्दानीलाई विकास निर्माण, विपद् तथा राहत सहयोग, क्षमता अभिवृद्धि र समुदायका आवश्यकतामा लगानी गर्न थालेपछि स्थानीय तहमा सकारात्मक प्रभाव देखिन थालेको छ ।

सव डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अहम्मद अन्सारीका अनुसार सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणलाई प्राथमिकतामा राख्दै आम्दानीको एक हिस्सा सामाजिक तथा सामुदायिक विकासमा खर्च गर्न थालेका छन्। यसले वनप्रतिको अपनत्व बढाउनुका साथै समुदायको जीवनस्तर सुधारमा समेत योगदान पुर्‍याएको छ ।

कपिलवस्तुको बाणगंगामा रहेको श्रङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक तथा जनहितका कार्यलाई प्राथमिकता दिएका छ । जस अन्तरगत विगतमा लुम्बिनी प्रदेशमै पहिलो फायर हाईड्रेन्ड अर्थात आपतकालिन पानी निकास जसबाट आगलागीका घट्ना हुदाँ तुरुन्तै पानीको सहज पहुँच हुनेगरि बाणगंगाका १४ स्थानमा जडान गरिएको छ । यससंगै समुदायमा विपन्न वर्गलाई राहत, सामुदायिक विद्यालयहरुमा सहयोग, तथा पछिल्लो समय यस क्षेत्रकै मृत्यु संस्कार अर्थात संसानघाट रहेको लक्ष्मणघाटमा शव जलाउन दाउरा संकट हुन थालेपछी दाउरा संकलन तथा बिक्रि केन्द्र तथा शव दाह स्थलको समेत शुरुवात गर्ने नमुना वनको रुपमा श्रृङ्गिघाट स्थापित हुँदै आएको छ । घर घरमा नर्स सेवा प्रभावकारी बनेको छ । श्रृङ्गिघाटले आफ्‌ना उपभोक्ता स्वास्थ्यलाई ध्यानमा राखेर घर घरमै नर्स मार्फत स्वास्थ्य जाँच गर्दै आएको छ ।

जसका कारण युवा डायनामिक लिडर रुपमा उदाएका समितिका अध्यक्ष शुशिल सिंह ठकुरीले सामुदायिक वनको आम्दानीलाई समुदायमै प्रतिफल दिने उद्देश्यले यस्ता पूर्वाधार निर्माणका काम गरिएको बताए । उनका अनुसार वन संरक्षणसँगै समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

सामुदायिक वनहरूले पूर्वाधार निर्माणमा मात्र होइन, उपभोक्ताको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सीपमूलक कार्यक्रम सञ्चालनमा समेत लगानी गरिरहेका बताए । विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रममार्फत उपभोक्तालाई सशक्त बनाउने प्रयास भइरहेको छ।

वनभित्र वन्यजन्तुको संरक्षणका निम्ति पानीका श्रोत व्यवस्थापन करिडोर लगाएतका कार्यहरु समेतको व्यवस्थापन गरिएको बताईएको छ । कुनै कारण वनबाट प्रभावित स्थानीयलाई समूहको कोषबाट राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ। वन संरक्षणमा समुदायको सहभागिता बढाउन र प्रभावित परिवारलाई राहत दिन यस्ता कार्यक्रम प्रभावकारी बनेको समुह कि सचिव सुष्मा खाँणले बताईन् ।

दिगो वन व्यवस्थापनको अवधारणालाई आत्मसात् गरेको श्रृङ्गिघाट सामुदायिक वनले पछिल्लो समय उपभोक्तामैत्री र समुदायकेन्द्रित गतिविधिलाई विस्तार गर्दै आएको छ ।

वन र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै सामुदायिक वनहरूले संरक्षण र विकासलाई सँगसँगै अघि बढाउने अभ्यास गरिरहेका छन्। वन जोगाउने मात्र होइन, समुदायको सुख–दुःखमा साथ दिने, स्थानीय आवश्यकता सम्बोधन गर्ने र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानमा श्रृङ्गिघाट उदाहरणीय बन्दै गएको छ ।

स्थानीय तहको विकास, वातावरण संरक्षण र समुदायको समृद्धिलाई एकसाथ जोड्ने यस्ता प्रयासले सामुदायिक वनको प्रभावकारिता थप उजागर गरेको छ।


प्रकाशित : २०८३ असार १४, आईतवार १४:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech