ताजा अपडेट

कपिलवस्तुको बाणगङ्गाले रच्यो नयाँ इतिहास : बालश्रममुक्त स्थानीय तह बनेपछि संघीय सरकारबाट सम्मानित 

कपिलवस्तुमा कालो स्टिकरविरुद्ध ट्राफिकको कडा अभियान, पहिलो दिनमै ४२ सवारीबाट हटाइयो

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृहको निर्देशन

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

पासपोर्ट छपाइ विवादबारे जर्मन दूतावासले दियो यस्तो स्पष्टीकरण

राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

Lumbini Darpan 1 २०८३ असार १८, बिहीबार १७:०७
[sharethis-inline-buttons]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ । दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो । निर्धारित प्रक्रिया अनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्यांकन गरी योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको थियो ।

आर्किटेक्ट तथा शहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका छन् । उनि शहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग सचिवालय लगायतका निकायमा सचिवका रूपमा कार्यरत थिए । उनले राष्ट्रिय आवास योजना, राष्ट्रिय शहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति, नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

भूकम्प पछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा समेत योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा शहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन् । उनले आवास, शहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।


प्रकाशित : २०८३ असार १८, बिहीबार १७:०७

Lumbini Darpan 1

लेखकबाट थप

  • कपिलवस्तुको बाणगङ्गाले रच्यो नयाँ इतिहास : बालश्रममुक्त स्थानीय तह बनेपछि संघीय सरकारबाट सम्मानित 
  • कपिलवस्तुमा कालो स्टिकरविरुद्ध ट्राफिकको कडा अभियान, पहिलो दिनमै ४२ सवारीबाट हटाइयो
  • सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृहको निर्देशन
  • पासपोर्ट छपाइ विवादबारे जर्मन दूतावासले दियो यस्तो स्पष्टीकरण
  • राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुको बाणगङ्गाले रच्यो नयाँ इतिहास : बालश्रममुक्त स्थानीय तह बनेपछि संघीय सरकारबाट सम्मानित 

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृहको निर्देशन

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

पासपोर्ट छपाइ विवादबारे जर्मन दूतावासले दियो यस्तो स्पष्टीकरण

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

बाणगङ्गा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका तथा जङ्क फुडमुक्त विद्यालय क्षेत्र घोषणा

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

श्रृङ्गिघाटको नमुना काम वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा सक्रिय

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

भर्खरै

  • कपिलवस्तुको बाणगङ्गाले रच्यो नयाँ इतिहास : बालश्रममुक्त स्थानीय तह बनेपछि संघीय सरकारबाट सम्मानित 

  • कपिलवस्तुमा कालो स्टिकरविरुद्ध ट्राफिकको कडा अभियान, पहिलो दिनमै ४२ सवारीबाट हटाइयो

  • त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

  • सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृहको निर्देशन

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

  • पासपोर्ट छपाइ विवादबारे जर्मन दूतावासले दियो यस्तो स्पष्टीकरण

  • राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

  • साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

  • जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित

  • जेड वान : नेपाली प्रविधिको नयाँ पहिचान


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech