ताजा अपडेट

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

Lumbini Darpan 1 २०८३ श्रावण १२, मंगलवार ०८:४९
[sharethis-inline-buttons]

सरिता थारु ।
डेंगी रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै वाणगंगा नगरपालिकाले डेंगी नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि नगरव्यापी अभियानलाई तीव्र बनाएको छ। जनचेतनामूलक कार्यक्रमदेखि घर–घर पुगेर लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियानसम्म सञ्चालन गर्दै नगरपालिका डेंगी नियन्त्रणमा सक्रिय बनेको हो।
सोमबार नगर कार्यपालिकाको कार्यालयमा आयोजित नगरस्तरीय डेंगी रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख चक्रपाणि अर्यालले डेंगी नियन्त्रणका लागि नगरपालिका पूर्ण रूपमा गम्भीर रहेको बताउनुभयो। उहाँले नगरका सबै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी समुदायलाई सचेत बनाइने जानकारी दिनुभयो।
कार्यक्रममा फेरमेड फाउण्डेशन नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित प्रेरणा परियोजनाका कार्यक्रम संयोजक अञ्जान सिक्देलले डेंगी रोगको परिचय, लक्षण, संक्रमणको अवस्था, एडिस जातको लामखुट्टेको जीवनचक्र तथा रोगबाट बच्ने उपायबारे विस्तृत प्रस्तुतीकरण गर्नुभयो।
उहाँका अनुसार डेंगी सार्ने एडिस जातको लामखुट्टे मुख्यतः दिउँसो बढी सक्रिय रहने गर्दछ। डेंगीका प्रमुख लक्षणहरूमा ५–६ दिनसम्म उच्च ज्वरो आउने, आँखाको गेडी दुख्ने, ढाड तथा जोर्नी दुख्ने, शरीरमा राता बिबिरा देखिने, वान्ता हुनेलगायतका समस्या देखिने बताउनुभयो। साथै पछिल्ला वर्षहरूमा वाणगंगा नगरपालिकामा डेंगी संक्रमणको दर क्रमशः घट्दै गएको जानकारी दिनुभयो।
डेंगी नियन्त्रणका लागि चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने, पर्याप्त आराम गर्ने, प्रशस्त झोलिलो पदार्थ सेवन गर्ने, लामखुट्टेले फुल पार्ने स्थान खोजी गरी नष्ट गर्ने, व्यक्तिगत सुरक्षा अपनाउने, आवश्यकताअनुसार रासायनिक विधि प्रयोग गर्ने, स्वास्थ्य शिक्षा प्रवाह गर्ने तथा वातावरण व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, नगरभित्रका स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
यसैबीच डेंगी रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले वाणगंगा नगरपालिका–४ गजेहडामा लामखुट्टेका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने विशेष अभियान पनि सञ्चालन गरिएको छ।
वाणगंगा नगरपालिकाको आयोजनामा तथा फेरमेड फाउण्डेशन नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहयोगमा सञ्चालित प्रेरणा परियोजनाअन्तर्गत गजेहडा बजार क्षेत्रका घर, पसल, सार्वजनिक स्थल तथा पानी जम्न सक्ने स्थानहरूको खोजी गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गरिएको हो।
अभियानमा वडा नं. ४ का अध्यक्ष छवि रेश्मी मगर, वडा सदस्यहरू, उद्योग वाणिज्य संघका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, युवा, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले डेंगी सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने भएकाले घर तथा आसपासमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
वाणगंगा नगरपालिकाले आगामी दिनमा पनि डेंगी नियन्त्रणका लागि जनचेतनामूलक तथा सरसफाइ केन्द्रित अभियानलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ। स्थानीयवासीले समेत सामूहिक प्रयासबाट मात्रै डेंगीजस्ता सरुवा रोगको जोखिम न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।


प्रकाशित : २०८३ श्रावण १२, मंगलवार ०८:४९

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech