काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा सुनसरी लगायत विभिन्न स्थानमा फैलिएको जातीय झडप लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ।




















