मोहन बेल्वासे
— आज पवित्र पर्व श्रीकृष्ण जन्माष्टमी यसै अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–७, बनगाईं चोकस्थित कल्याणेश्वर शिवालय मन्दिर परिसरमा ‘दिव्य कृष्णजन्मोत्सव एवं भजन सन्धयाको तयारी तिब्र पारिएको छ ।
कल्याणेश्वर शिवालय मन्दिर समितिको आयोजनामा हुने यस कार्यक्रम श्रीकृष्णको दिव्य जन्मोत्सवलाई श्रद्धा, भक्ति, संगीत तथा आध्यात्मिक उल्लासका साथ मनाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएका छन्। कार्यक्रममा श्रीकृष्ण पूजा एवं भजन–कीर्तन, राष्ट्रिय भजन गायक कृष्ण सुवेदी समूहबाट दिव्य भजन सन्ध्या, भव्य शृङ्गारिक महाआरती तथा कृष्णलीला प्रवचनजस्ता कार्यक्रम रहने संरक्षक एवं समाजसेवी मान बहादुर कार्कीले जानकारी दिनुभएको छ ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस कार्यक्रममा सहभागी हुन भक्तजन आग्रह गरिएको छ ।
भजन संगितमा दानदाताहरुबाट संकलित सम्पूर्ण दान रकम प्रधानमन्त्री हालै भएको विपत्ती दैविक विपत्त कोषमा जम्मा गर्ने कार्कीले बताउनुभयो ।
बनगाईमा रहेको कल्याणेश्वर शिवालय मन्दिर समितिको आयोजना र शान्ति श्रृजना युवा नेपाल, र हिमवत् प्रतिष्ठान नेपाल, बाणगंगा–२, कपिलवस्तु सहआयोजक कार्यक्रम हुन थालेको जनाईएको छ ।




















