आज दिउँसो लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । आज राति देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । पहाडी भू–भागमा बाढी–पहिरो तथा गेग्रान बहावका साथै नदीहरूमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।




















