ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘नेपालमा लगानीका थुप्रै अवसर छन्’ राजदूत जाभिए

लुम्बिनी दर्पण २०७८ श्रावण २५, सोमबार ०७:५७
[sharethis-inline-buttons]

 

साउन २५

नेपालका लागि फ्रान्सका राजदूत फंस्वा(जाभिए लेजे आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यसै हप्ता स्वदेश फर्कंदैछन् । सन् १९४९ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रवत् सम्बन्ध रहँदै आएको छ । दुवै मुलुकले एकअर्काको देशमा सन् १९६७ मा राजदूतावास स्थापना गरेका हुन् । नेपालको विकासमा फ्रान्सले लामो समयदेखि सहयोग गर्दै आएको छ । यद्यपि पछिल्लो दशकमा दुई देशको उच्च राजनीतिक तहमा भ्रमण आदानप्रदान पातलिंदै गएको छ ।

सन् २००१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फ्रान्सको भ्रमण गरेका थिए, त्यसपछि एकैचोटि सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले फ्रान्सको भ्रमण गरेका थिए । फ्रान्सको तर्फबाट भने सन् १९८३ पछि सरकार वा राज्यप्रमुख तहमा कुनै भ्रमण भएको छैन । सन् १९८३ मा फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्कोइस मिटरर्‍याण्डले नेपालको राजकीय भ्रमण गरेका थिए । ओलीको भ्रमणपछि फ्रान्सको तर्फबाट उच्चस्तरीय भ्रमण गराउने तयारी भए पनि कोरोना महामारीका कारण अगाडि बढ्न सकेन ।

 

नेपाल र फ्रान्स सम्बन्धमा विभिन्न आयाम तथा दुई देशको बीचमा केही समानता समेत रहेका छन् । यसै सन्दर्भमा राजदूत फंस्वा–जाभिए लेजेसँग उनको तीनवर्षे कार्यकाल र अन्य विभिन्न द्विपक्षीय विषयमा केन्द्रित रहेर अनलाइनखबरले उनीसँग गरेको कुराकानीको सम्पादित अंश स्

राजदूतको रूपमा आफ्नो तीन वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ रु

नेपालको लागि राजदूतको रूपमा मेरो नियुक्ति सन् २०१९ मा भएको हो, जतिबेला हामी नेपाल र फ्रान्सबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ मनाइरहेका थियौं । त्यसैले मेरो कार्यकालको प्रारम्भिक समय विभिन्न कार्यक्रम गर्न र त्यसमा सहभागी भएर बित्यो । त्यसपछि कोरोना महामारी शुरू भयो ।

लगत्तै मेरो सम्पूर्ण काम र ध्यान कोभिड–१९ रेस्पोन्स, युरोपेली नागरिकलाई नेपालबाट लैजाने र नेपालमा कोरोना खोप ल्याउन सहजीकरण गर्ने काममा नै बित्यो । मेरो तीन वर्ष पूर्ण रूपमा विभिन्न अनुभवले भरिएको छ । यस बीचमा मैले नेपालको कला र संस्कृतिको प्रवद्र्धन गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेको छु जसको समकालीन नेपालको प्रतिनिधित्व गर्छ ।

 

यस अवधिमा तपाईंको सबैभन्दा ठूलो उपलब्धि र सिकाइ के रह्यो रु कुनै क्षेत्रलाई मैले समय दिन पाइनँ भन्ने लागेको छ रु

नेपाल र फ्रान्सका बीचमा केही समानता रहेका छन् । विशेषतः पारस्परिकता, विदेश नीति, शान्तिपूर्ण वार्तामा झुकाव, विश्व शान्ति कायम गर्न दुवै देशको प्रतिबद्धता र जलवायु परिवर्तनका विषयहरूमा दुई मुलुकको बीचमा समानता रहेको छ । नेपालमा म पहिलोपटक आएको हुँ । नेपालको बारेमा जुन सामान्य बुझाइ र विश्वास थियो त्योभन्दा मैले नेपाललाई निकै पृथक पाएँ । नेपाल एउटा सानो, कम विकसित र दुई ठूला मुलुकको बीचमा रहेको मुलुक हो भन्ने बुझाइ छ, तर नेपाल इतिहास, संस्कृति लगायत हरेक क्षेत्रमा निकै धनी छ ।

मलाई के लाग्छ भन्दा नेपालको जनसंख्यालाई बुझ्ने कार्य निकै जटिल छ । साउन महीनाको सोमबार मैले पशुपतिनाथ मन्दिरको भ्रमण गरें र मलाई के थाहा भयो भने यहाँको संस्कृति बुझ्न निकै जटिल छ । नेपाललाई बुझ्नको लागि निकै समय र प्रयासको आवश्यकता पर्दछ । मैले यहाँ सिकेको एउटा महत्वपूर्ण पाठ चाहिं पारिवारिक महत्व हो ।

यहाँका मानिसको प्रचुर सम्भावना रहेको छ । उनीहरूले बहुराष्ट्रिय कम्पनीमा काम गरिरहेका छन्, देश बाहिर उनीहरूले आफ्नो व्यापार विस्तार गरिरहेका छन्, युवा शक्ति अझ गतिशील छ र महिला नेतृत्व पनि उत्तिकै सक्रिय छन् । अनौपचारिक क्षेत्रमा काम गर्नेहरू पनि मिहिनेत गरिरहेका छन् । उनीहरूको लचकता र सहनशीलता साँच्चिकै प्रशंसायोग्य छ ।

मलाई आफैंलाई थक्क–थक्क लागेको विषय चाहिं के हो भने मैले विभिन्न कारणले विभिन्न भागको भ्रमण गर्न पाइनँ । मेरो आफ्नै बाध्यता र महामारीका कारण यात्रा गर्ने कार्य मेरो लागि असम्भव नै थियो । तर मलाई नेपालमा फेरि आउन र माथिल्लो मुस्ताङ, मनाङ, डोल्पा र तराई क्षेत्रको भ्रमण गर्न मन छ ।

अब तपाईंको उत्तराधिकारीको रूपमा नेपाल आउने राजदूतलाई केही भन्न चाहनुहुन्छ रु

यहाँका मानिससँगको भेट एकदमै गज्जब लागेको छ । त्यसैले मेरो सुझाव के हुन्छ भने बाहिर जानुस्, मानिसहरूसँग भेट्नुस् र उनीहरूसँग अन्तरक्रिया गर्नुस् । नेपाललाई गहिराइमा बुझ्नका लागि समय लिनुहोस् । अझ मेरो जोड के छ भने काठमाडौं बाहिर जानुस्, वास्तविक नेपाल र यसको विविधताको अवलोकन गर्नुहोस् । मैले निश्चय नै यहाँका मानिसलाई मिस गर्नेछु । मलाई के विश्वास छ भने दूतावासको ग्रिन एम्बेसी परियोजनालाई अगाडि बढाइनेछ । यो परियोजना मात्र होइन, एउटा प्रक्रिया हो । यसलाई दीर्घकालीन रूपमा अगाडि बढाउनुपर्छ ।

 

फ्रान्सले नेपाललाई कोभिड विरुद्ध लड्नका लागि सहयोग गरेको छ, यसको प्रयोग र प्रभावकारितालाई कसरी हेर्नुभएको छ रु

जब फ्रान्सले प्रयोग गरेको सहयोग नेपाल आयो, मैले त्यो भण्डारण गरेको ठाउँ घुम्ने अवसर पाएको थिएँ । मेडिकल सामग्रीहरूको ट्रयाकिङ प्रणाली रहेको छ । यसमार्फत सामग्रीको प्रयोग र वितरण कसरी भयो थाहा पाउन सकिन्छ । म पूर्ण रूपमा के आश्वस्त भएको छु भने हाम्रो सहयोगको पारदर्शिता कायम भएको छ र प्रादेशिकस्तरमा यसको वितरण भएको छ । हामीले वितरण होस् भन्ने चाहेको पनि त्यही हो ।

नेपालले अर्थतन्त्रलाई उकास्नको लागि अन्तर्राष्ट्रिय लगानी खोजिरहेको छ तर आएको छैन, तपाईंको अनुभवमा नेपालमा लगानीको सम्भावना कत्तिको छ रु

नेपालमा लगानीका थुप्रै अवसर छन् । नेपालमा पहिला नै प्रसिद्ध रहेको ल्याण्डमार्क र सांस्कृतिक विविधता छ । यसलाई पर्यटनको लागि मात्र प्रयोग गर्ने नभई योजनाबद्ध रूपमा लगानीको उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ । नेपालले युरोपियन युनियन मुलुकबाट ल्याउन सकिने लगानीको सम्भाव्यता खोजबिन गर्नुपर्छ ।

फ्रान्सले नेपालमा पहिला नै लगानी गरेको छ । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा फ्रान्सको कम्पनीको लगानी रहेको छ । त्यसैगरी अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गरिरहेको छ । नेपालले सोलार फार्म, बाटो, सार्वजनिक यातायात, केबलकार लगायतका क्षेत्रमा लगानी ल्याउन सक्छ । त्यसैगरी नेपालले कफी, चिया, मह लगायतका वस्तुहरू निर्यात गर्न सक्छ । लगानी र निर्यातका लागि नेपालका धेरै विकल्प छन् ।

लामो समयपछि प्रधानमन्त्री केपी ओलीले सन् २०१९ मा फ्रान्सको भ्रमण गरे, तर १९८३ यता फ्रान्सको तर्फबाट कुनै उच्च तहको भ्रमण भएको छैन, यस पछाडिका कारण के हुन् रु

प्रधानमन्त्री केपी ओलीले द्विपक्षीय सम्बन्धको ७० वर्षगाँठको उपलक्ष्यमा फ्रान्सको भ्रमण गर्नुभयो । त्यही वर्ष फ्रान्सको युरोप र फरेन अफेयर्स मन्त्रालयको महासचिवले नेपालको भ्रमण गर्नुभयो ।

फ्रान्सको तर्फबाट उच्चस्तरीय भ्रमणको कुराकानी पनि भएको तर महामारीको कारणले यसमा पुनर्विचार गर्नुपरेको थियो । नेपाल र फ्रान्सबीचमा एकदमै सौहार्द, शान्तिपूर्ण र राम्रो सम्बन्ध रहेको छ । तर फ्रान्सको तर्फबाट छिट्टै नै उच्च तहको भ्रमण हुन्छ भन्ने मलाई लाग्छ । त्यसले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेछ । स्रोत  : अनलाइन खबर


प्रकाशित : २०७८ श्रावण २५, सोमबार ०७:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech