बुटवल । साउन ३१
रुपन्देहीको एक नीजि विद्यालयका प्रिन्सिपलको नेतृत्वमा गएको टोलीले अर्को विद्यालयका शिक्षकलाई कुटपिट गरेको आरोप एक विधालयले लगाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित नवज्योति इङ्लिस बोर्डिङ स्कुलमा अध्यापनरत शिक्षक सागर न्यौपानेलाई कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य दिपक खनालको नेतृत्वमा चारजनाले भौतिक आक्रमण गरेको विद्यालयले आरोप लगाएको हो । प्रिन्सिपल खनालसहित सोही विद्यालयमा कार्यरत शिक्षकहरु गोकुल खनाल, युवराज रिमाल र राहुल रेग्मीको समूहले सामुहिकरुपमा कुटपिट गरेको विधालयले सन्चारकमीलाई जानकारी दिएको छ । साथै कुटपिट गर्ने चारैजना विरुद्ध अभद्र व्यवहार अन्तर्गत इलाका प्रहरी कार्यालय बुटवलमा मुद्धा दर्ता भएको नवज्योति बोर्डिङले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन ।




















