मोहन बेल्वासे
आगामी बैशाख ३० गते हुने निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि बाहलवाला जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन्। यसैक्राममा बुद्धभुमीका उपाध्यक्ष सहित अधिकांश वडाध्यक्षले पदबाट राजिनामा दिएका छन् । । उनीहरुले पुनः उम्मेदवार हुने इच्छा राख्दैँ राजीनामा दिएको बताएका छन्। उपाध्यक्ष वडाध्यक्षहरु र सदस्यहरुले पुन सोहि पदमा दोहोरिन चाहना व्यक्त गरेका हुन् ।
हालसम्म वडा नं १, ३,४,७,८,९,र १० का वडा अध्यक्ष र कतिपय सदस्यहरुले नगर प्रमुख समक्ष राजिनामा दिईसकेको बताईएको छ ।
बाहालवाला जनप्रनिनिधिले मनोनयन दर्ता गर्नुअघि नै राजिनामा दिनुपर्ने प्रावधान अनुसार आगामी बैशाख ११ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन्। यता बाणगंगा नगरपालिकामा पनी वडा नं २ र ७ का वडाध्यक्ष र १० र ७ का वडा सदस्यहरुले राजिनामा दिईसकेको र अन्य पुन दोहोरिने जनप्रतिनिधिहरुको आउने तयारीमा रहेको प्रमुख प्रशासकिय अधिकृत टेकराज पंन्थीले जानकारी दिएका छन् ।
त्यस्तै शिवराज नगरपालिकाबाट वडा न ३ का अध्यक्ष टेकलाल सापकोटा,वडा न ४ का अध्यक्ष सफिक अहमद मुसलमान, वडा न ५ का अध्यक्ष अर्जुन पाण्डे, वडा न १० का अध्यक्ष मन्जु मिश्र, वडा न ११ का अध्यक्ष रामेश्वर बर्माले राजीनामा बुझाएका छन् । अन्य कार्यपालिका सदस्य तथा वडा सदस्यहरूले राजीनामा बुझाएको प्रमुख प्रशासकिय अधिकृत टेकराज अर्यालले बताए । अन्य जनप्रतिनिधिहरूको पनि राजीनामा आउने क्रम रहेको बताइृएको छ ।



















