जेष्ठ १८ गते। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मङ्गलबार ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा एकैपटक ८ सय रुपैयाँले घटेर ९७ हजार २ सयमा कारोबार भईरहेको नेपनल सुनचाँदी व्यावसायी महासंघले बताए । त्यस्तै मङ्गलबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोकार भईरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर गिरावट आएको छ । मङ्गलबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपनल सुनचाँदी व्यवसायी महासंघले बताए ।




















