जेष्ठ २५ । आज सुनको मूल्य स्थिर रहेको छ। आज छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए । तेजावी सुनको मूल्य पनि स्थिर रही ९७ हजारमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । मङ्गलबार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए ।



















