आषाढ ३ । आज सुनको मूल्यमा ५ सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायीस् महासंघले बताए । आज तेजावी सुनपनि बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी बिहीबार प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।




















