ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुघाखोकी र ज्वरोको प्रकोप ,मौसमी संक्रमण कि कोरोना

Lumbini Darpan 3 २०७९ असार २४, शुक्रबार १०:४९
[sharethis-inline-buttons]

सबैभन्दा बढी देखिने स्वास्थ्य समस्यामा पर्छ रुघाखोकी र ज्वरो । पछिल्ला केही दिन रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल पुग्नेको संख्या बढ्दो छ ।

कोरोना संक्रमण हुँदा पनि रुघाखोकी र ज्वरोको लक्षण देखिने भएकाले महामारीका बेला मानिसहरु अस्पताल पुगिहाल्थे । तर अहिले कोरोना संक्रमण घटेसँगै मानिसहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्न थालेका छन् ।

अहिले मौसमी रुघाखोकीको सिजन नभएकाले यस्तो समस्या देखा पर्नुको कारण के हो रु यो समस्याबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ रु

रुघाखोकीको सिजन होइन . सामान्यतया मौसम परिवर्तन हुने समयमा र जाडो मौसममा रुघाखोकी र ज्वरोको समस्या देखिन्छ । अहिले रुघाखोकीको सिजन त होइन, तर धेरै जनामा रुघाखोकी र ज्वरोको समस्या भने देखिइरहेको छ ।

कोरोना हुनसक्छ

अहिले छिमेकी मुलुकमा कोरोना महामारी तीव्र रूपमा फैलिएको छ । नेपालमा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । र, अहिले रुघाखोकी लाग्ने सिजन पनि नभएकाले यो कोरोनाको प्रारम्भिक लक्षण हुनसक्छ । रुघाखोकी र ज्वरो कोरोनाको प्रारम्भिक लक्षणको रूपमा देखिएको पछिल्ला उदाहरण पनि छन् ।

कोरोनाको पहिलो दोस्रो भेरियन्टमा पनि रुघाखोकी र ज्वरो प्रारम्भिक रूपमा देखिने लक्षण हो । गर्मी महिनामा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको छ भने त्यो कोरोना हुने सम्भावना धेरै छ ।

खोप नलगाएकालाई समस्या

कोरोनाको खोप नलगाएका व्यक्ति, बालबालिका र दीर्घ रोगीहरूमा संक्रमण देखिने सम्भावना बढी हुन्छ । किनभने खोप लगाइसकेका र पहिले नै संक्रमति भएकाहरू छन् उनीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । जसले गर्दा उनीहरूलाई कोरोनाको साथै सामान्य रुघाखोकीको भाइरसले पनि सजिलै गाल्न सक्दैन ।

अहिले नेपालमा ओमिक्रोनको टप भेरियन्ट फैलिरहेको छ । पहिले देखिएको ओमिक्रोन सब भेरियन्ट भन्दा पनि यो सजिलै र चाँडो फैलिने र खोपले पनि त्यति राम्ररी काम नसक्ने हो कि भनेर विभिन्न अध्ययनले बताएको छ । तर यो भेरियन्टको विषयमा थप रिपोर्ट भने आउनै बाँकी छ ।

कति घातक

भाइरसहरू बेलाबेलामा परिवर्तन भइरहन्छन् । कहिलेकाहीं घातक पनि बन्न सक्छ, त्यसैले सतर्क हुन एकदमै जरुरी छ । सामान्य रुघाखोकी हो कि भनेर लापरबाही गर्न भने हुँदैन । कोरोना संक्रमणका कारण मृत्यु हुने मात्र होइन, पछि पोस्ट कोभिडको लक्षण पनि देखिने भएकाले पहिलो प्राथमिकता खोपलाई नै दिनुपर्छ ।

निमोनियाको भय

धेरै जनाले खोप लगाइसकेको हुनाले धेरै जटिल अवस्था त नआउला । तर कुनै व्यक्तिमा भने यो सामान्य रुघाखोकी बिग्रिएर निमोनिया नै हुन्छ । त्यसैले पहिले रुघाखोकी लागेको बेलामा विशेष ध्यान दिनुपर्छ । सामान्य रुघाखोकी हो कि कोरोना महामारी हो भनेर पत्ता लगाउन परीक्षण गर्नुपर्छ ।

परिवारका पाँच जना सदस्यलाई रुघाखोकी लागेको छ भने कम्तीमा दुई जनाले कोरोना परीक्षण गर्नुपर्छ । कोरोना खोप लगाएको छु वा पहिले संक्रमण भइसकेको छ भनेर लापरबाही पनि गर्नु हुँदैन । यसो गर्दा धेरै मानिसमा सजिलै फैलिने र ज्यान जान सक्ने जोखिम पनि हुनसक्छ ।

यसबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ

यो कोरोनाको प्रारम्भिक लक्षण हुन सक्ने भएकाले सबैभन्दा पहिले त परीक्षण गर्नुपर्छ । परीक्षणमा कोरोना संक्रमण देखियो भने आइसोलेसनमा बस्ने, सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, हातको सरसफाइमा ध्यान दिने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।

कोरोना संक्रमण नदेखिएको खण्डमा पनि पहिले नै सचेत भएर स्वास्थ्यको मापदण्ड पालना गर्दा हैजाको जोखिम पनि कम हुन्छ । कसैले कोरोना खोप लगाउन छुटाउनुभएको छ भने वा बुस्टर डोज पनि लगाउन बाँकी छ भने लगाइहाल्नुपर्छ । स्रोत ः अनलाइन खवर


प्रकाशित : २०७९ असार २४, शुक्रबार १०:४९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech