असार २८ दाङ,। दाङका १० वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएकोछ। जिल्लाका पालिका पूर्ण खोप सुनिश्चित कार्यक्रम आइतबार बबई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेसँगै जिल्लाका १० ओट पालिका पूर्ण खोप सुनिश्चित भएका छन्।
जिल्लाका सबै पालिकाहरुले आफ्ना लक्षित सबै बालबालिकाहरुलाई पूर्ण खोप लगाइसकेको तथ्यगत विवरण प्रस्तुत गरेसँगै जिल्ला खोप समन्वय समितिले ती पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाका अभियन्ताका रुपमा प्रमाणपत्र दिएको छ ।जन्मिएदेखि १५ महिनासम्म लगाउने खोप सबैले लगाएमा पूर्ण खोप लगाएको मानिन्छ ।



















