साउन २ गते २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गर्दा ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । थप १ जना कोरोना संक्रमितबाट मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।



















