ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चट्याङले ४४ जनाको ज्यान लियो, कसरी बच्‍ने ?

लुम्बिनी दर्पण २०७७ असार १९, शुक्रबार ०३:३९
[sharethis-inline-buttons]

लुदअ काठमाण्डौ, असार १९

वर्षायाम लागेसँगै नेपालमा बर्सेनि चट्याङले ठूलो मानवीय क्षति पुर्याउने गरेको छ। पछिल्लो साढे दुई महिनामा मात्रै चट्याङका १ सय ३४ वटा घटना भएका छन्। जसमा ४४ जनाले ज्यान गुमाएका छन्। तर राज्यले प्रभावकारी कार्य गर्न नसक्दा चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न नसकिएको विज्ञहरुले बताएका छन्।  के हो चट्याङ ? चट्याङ सामान्य प्राकृतिक प्रक्रिया हो। सूर्यको किरण वायुमण्डलमा ठोक्किन्छ। पृथ्वीमा विद्युतीय चार्ज उत्पादन भइहरेको हुन्छ। त्यसलाई सन्तुलनमा राख्न पनि चट्याङ पर्छ। बादल र पृथ्वीको बीच वा बादल–बादलकै बीच बग्ने विद्युतीय करेन्ट नै चट्याङ हो। यो एउटा प्राकृतिक प्रकोप हो। नेपाल यसको उच्च जोखिममा रहेको देश हो। नेपालको कृषि प्रणालीका लागि महत्वपूर्ण वर्षायामले विपद् पनि सँगसँगै लिएर आउँछ।

बंगालको खाडीबाट उठ्ने मनसुन वायुको सक्रियता सुरु हुनु अगावै नेपालमा पूर्व मनसुनी वायुको तीव्र उतारचढाव सुरु हुन्छ, जसले विपद्को सिलसिला सुरु गर्छ। प्रि–मनसुनका वेलादेखि बढी क्रियाशील हुने चट्याङले मात्रै बर्सेनि झण्डै सय जनाको ज्यान लिन्छ। र, यो बाढी–पहिरोले भन्दा पनि धेरैको ज्यान लिने प्राकृतिक विपद् बनिरहेको छ। आकाशमा बादलहरूको हलचल र एक आपसमा टकराव तथा घर्षणका कारण एक किसिमको विद्युतीय करेन्ट उत्पन हुन्छ। त्यो करेन्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु ‘प्रोटन’ भनिन्छ।

उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको ‘न्युटल’ अणु प्राप्त गर्न जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छ। प्रायः सल्लो, पैंयो, खडीक, टुनी जस्ता अग्ला रुखहरूका साथै अग्ला घरहरूमा ‘न्युटल’को सम्पर्कमा आएर आकाशीय ‘प्रोटन’ अणुसँग संघर्षणका कारण एक प्रकारको विद्युतीय करेन्ट उत्पन्न हुन्छ। त्यस कारण चट्याङ पर्छ। अफ्रिकी मुलुक बाहेक चट्याङको जोखिममा नेपाल पहिलो नम्बरमा रहेको पाइन्छ। नेपाल चट्याङको जोखिमका हिसाबले विश्वमा शीर्ष ५ भित्रै पर्छ।  अढाई महिनामा ४४ जनाको ज्यान गयो प्राकृतिक विपदबाट हुने क्षतिको तथ्यांक हेर्ने हो भने चट्याङले गर्ने क्षति बाढी पहिरोभन्दा पनि धेरै देखिन्छ। यसले पछिल्लो अढाइ महिनामा ४४ जनाको ज्यान लिएको छ। भने १ सय ४३ जना घाइते छन्। चट्याङले एक सय वटा घरमा क्षति पु¥याएको गृह मन्त्रालय अन्तर्गतको नेपाल राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रका प्रमुख मुरारी अवस्थीले बताए।

२०७६ मा ८८ जनाले ज्यान गुमाए  चट्याङ लागेर गत वर्ष ८८ जनाले ज्यान गुमाएका उक्त केन्द्रको तथ्यांक छ। ३ सय ५८ वटा भएका घटनाले ४९ पुरुष र ३९ महिलाले ज्यान गुमाए। ३ सय ५४ घाइते भए। ४० घरमा क्षति भयो। त्यसमा ६ घर पूर्ण रुपमा तथा ३४ घरमा चट्याङले क्षति पु¥याएको थियो। गत वर्ष यसका कारण ७४ लाख ७१ हजार रुपैयाँ बराबरको क्षति भएको थियो।  चट्याङ विज्ञ श्रीराम शर्माका अनुसार नेपालमा चट्याङ जोखिमका कारण यस्ता छन्  –नेपाल चट्याङको जोखिममा पर्नु एउटा नेपालको मेथोरेटिकल मौसम परिवर्तन हुनु –नेपालमा एकातिर तराई, अर्कोतिर जंगल, अझ अग्ला हिमालहरु भएका कारण पनि पानीका कणहरु चाँडै बादल बन्ने भएका कारण पनि त्यसले आकाशमा उथुलपुथुल पैदा गरिरहने भएका कारण यसको जाखिममा नेपाल पर्नु।

अन्य मुलुकको भन्दा, पहाडि भूभागको उचाई बढी छ, त्यसका कारण ती पहाड बादलका नजिक छन्। कतिपय हिमालहरु त बादलभित्र पुगिसकेका हुन्छन्। बादलको नजिक जति जमिन हुन्छ त्यत्ति नै बढी चट्याङ पर्ने सम्भावना बढ्नु

गाउँका घरहरु चट्याङ प्रतिरोधी नहुनु

अर्को कुरा मानिसहरुमा यसको जनचेतनाको कमी हुनु।  सहरभन्दा गाउँमा जोखिम उसो त यसको जोखिम जता त्यतै छ। खासगरी अझ चट्याङको जोखिममा सहरभन्दा प्राय गाउँमा बढी छ। शर्माका अनुसार गाउँका प्रायः घरहरु कच्ची र फलामे डण्डीको प्रयोग नगरी बनाइएका हुनाले चट्याङको जोखिम बढी हुन्छ। गड्याङ गुडुङ गरेर पानी पर्न थालेपछि ठूलो रुखको ओत लाग्दा पनि चट्याङ लाग्ने सम्भावना हुन्छ। प्रायः यो सम्भावना गाउँतिरै बढी हुन्छ।

यो विपतको जोखिम वर्षायाममा बढी हुने हुन्छ। त्यसकारण असार साउनमा पानी परिरहँदा खेतमा काम गर्नुपर्ने बाध्यताले पनि गाउँका मानिसमा चट्याङको जोखिम बढी छन्। अर्को कुरा गाउँका मानिसहरुमा यसको जोखिमका विषयमा ज्ञानको कमी हुनुले पनि जोखिम छ।  चट्याङबाट कसरी सुरक्षित हुने ? क्षतिको तथ्याङ्क हेर्दा चट्याङबाट हुने मानवीय तथा भौतिक क्षतिको हालत बर्सेनि उस्तै छ। त्यसैले चट्याङको जोखिमबाट जोगिने उपाय अवलम्बन गर्नु नै क्षति न्यूनीकरणको उत्तम विकल्प हुन सक्छ। ठ्याक्कै पूर्वानुमान गर्न नसकिए पनि विशेषगरी वर्षायाममा चट्याङ धेरै पर्ने भएकाले यो समयमा विशेष सावधानी अपनाउन सकियो भने क्षति न्यूनीकरण गर्न सकिन्छ।

चट्याङ्बाट कसरी जोगिने ? चट्याङविज्ञ डाक्टर श्रीराम शर्मा भन्छन्,  –    जब आकाश गर्जिन्छ, तब सुरक्षित स्थानमा या त घरमा बस्नुपर्छ।

खुला मैदानमा एक्लो र अग्लो बस्तु भएर नबस्ने।

अग्लो र एक्लो ठूलो रुख छ भने त्यसका मुनि ओत नलाग्ने।

जंगलमा परिएको अवस्थामा स–साना रुखहरुलाई समान दूरी बनाएर बीचमा २ वटा खुट्टा जोडेर बस्ने गरेमा पनि चट्याङबाट बच्न सकिन्छ।

नजिकै धातुका पाताहरुले बनेका गाडीहरु भए त्यसभित्र बस्दा सुरक्षित भइन्छ।

यदि नजिकमा हाइटेन्सन विद्युतीय प्रसारण लाइन भए २ वटा पोलहरुलाई बराबर दूरी बनाएर बीचतिर तारको मुनि उभिएमा पनि सुरक्षित हुन सकिन्छ।

घर भित्र बस्दा विद्युतीय सामग्रीको प्रयोग नगर्ने। चट्याङ प्राकृतिक विपद भएकाले टार्न नसके पनि यसबाट हुने क्षति न्यूनीकरणका थुप्रै उपाय छन्। जसलाई सरकारले कार्यान्वयन गराउन नसक्दा क्षति बढी हुने गरेको विज्ञहरुको दाबी छ। तर सरकार भने चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न काम गरिरहेको बताउँछ। गृह मन्त्रालय अन्तरगतको विपत् व्यवस्थापन माहाशाखा प्रमुख इन्दु घिमिरेले सरकारले चट्याङका विषयमा समुदायस्तरमा जनचेताना फैलाउने कार्य गरिरहेको बताइन्। घरहरु बनाउँदा पनि सुरक्षित रहने तरिकाले बनाउने प्रविधि प्रयोगदेखि चट्याङ पर्ने बेला कसरी सुरक्षि रहन सकिन्छ भन्ने सचेतनाका कामहरु स्थानीय तहमार्फत समुदायसम्म पु¥याइएको उनले बताइन्।


प्रकाशित : २०७७ असार १९, शुक्रबार ०३:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech