ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कोरोना भाइरस बिरुद्ध लडाई हामी जित्छौं ।

लुम्बिनी दर्पण २०७६ चैत्र १४, शुक्रबार ०५:५९
[sharethis-inline-buttons]

राजेन्द्रकुमार कार्की , चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस कोभिड १९ आज विश्वका सबैजस्तो मुलुकमा हावाको बेगमा फैलिएको छ । यसले न ठुलो न सानो न धनी न गरिब न विश्वका शक्तिशाली राष्ट्र न कमजोर राष्ट्र सबैको बिश्वका मानिसमा अहिले टाउँको दुखाइ भएको छ । कोभिड १९ ले सबैलाई एकपटक विश्वलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।

केही बर्ष अगाडि जन्मिएर अहिले बुझ्ने भएका नानी बाबुहरु जस्ले स्वाइन्फ्लु सार्स केही सुनेनन तिनको लागि त दत्यकथा भएको छ र चलचित्रको क्लाइमिक्स जस्तो डरलाग्दो कुरा के छ भने विश्व स्वास्थ्य संगठनले यसलाइ जैबिक भाइरस भनेको छ । कस्ले बनायो त यो भाइरस आज सबै खोज अनुसन्धानकर्ता बैज्ञानिक देखि आम विश्वका जनतामा कोरोना भाइरस कौतुहलको विषय भएको छ । दोस्रो विश्व युद्ध पछि लामो समय सोभियत संघ र अमेरिका बिच लामो सित युद्द नै चल्यो जब गोर्बा चोकको पालामा सोभियत सत्ता ढल्यो र बिशाल सोभियतमा कम्युनिस्ट सत्ता मात्र ढलेन १५ देशमा टुक्राटुक्रा भयो ।

बिश्वमा सबैभन्दा बढी सामरिक शक्ति भएको र सिङ्गो युरोपलाई काबुमा राखेको सोभियत सत्ताको अन्तसंगै अमेरिकन पात्र बोरिश एल्सिनको कटपुतली सरकार बनेपछि एक्कासी अमेरिकाले अर्थतन्त्रसंगै सामरिक शक्तिमा आफुलाई अग्र भागमा ल्यायो । त्यो सगै सोभियत सत्ता ढलेपछि बर्लिनको पर्खाल मात्र डलेन पुर्बी जर्मनी संगै पोलल्याण्ड हङगेरी जनगणतन्त्र युगोस्लाभीया लगायत कतिपय एसियन देशमा पनि कम्युनिस्ट सत्ता ढल्यो । यता तीब्र गतिमा आफनो सामरिक शक्ति र आर्थिक वृद्धिदर गरिरहेको अर्को कम्युनिस्ट मुलुक चीन अमेरिकालाई टाउको दुखाइ हुनु स्वाभाविक थियो । दुर्तगतिको आर्थिक वृद्धिदर र स्थिर राजनीतिक प्रणालीको कारण चीन शक्तिशाली मात्र बन्दै गएन आफूँ अनुकुल शासन ब्यबस्था भएका उतर कोरिया,क्युबा मङगोलिया,लाओस लगायतका धेरै देशहरु लाई संरक्षक गर्दै गयो । सोभियत सत्ता ढलेको केही बर्षमै रुसमा बोरिसको कार्यकालमा हरेक क्षेत्रमा असफल भयो बेरोजगारी बढ्यो । मुद्रास्फीति दर बढेर पैसा अरु देशको तुलानामा गिरावटको स्थितिमा पुग्यो त्यहि अबसरमा युवा नेता पुटिनको उदय भयो र लामो समय देखि अहिलेसम्म राज मात्र गर्नुभएको छैन,बिश्वमै शक्तिशाली रास्ट्रपतिको रूपमा आफुँलाइ स्थापित गर्दै अमेरिकालाइ च्यालेन्ज मात्र दिएनन अहिले प्राय रसियाको अधिकाश कम्युनिस्टहरु र गैर कम्युनिस्टको समेत समर्थनमा झन लोकप्रिय आफू समर्थित देशहरु इरान,सिरिया, रुस लगायतका धेरै मुलुकमा अमेरिकन गिद्दे दृस्टी पर्न दिएनन । सुरुमा अमेरिकन रास्ट्रपति रोनाल्ड ट्रम्प प्रती नरम नीति अबलङन गरेपनि ट्रम्पको व्यबहारले रुष्ट पुटिनले धेरै पटक अमेरिकालाई सचेत पार्दै चीनसंग अघोषित मोर्चाबन्दी मात्र हैन ब्यापारमा लिएको नितिले लामो समयदेखि ट्रम्प प्रशासन झस्किरहेकै छ । नेपाल भन्दा धेरै सानो मुलुक उतर कोरियाले अमेरिकालाई हायेल कायेल मात्र पारेन हड्डी र जिद्दी स्वाभाबका डोनाल्ड ट्रम्पलाई लुरुलुरु उसैले बोलाएको ठाउँ सिङागापुरमा शिखर बार्ता गर्न आउन बाध्य पार्यो पार्यो त्यसको आलो घाउ सुक्न नपाउदै अमेरिका सम्म मार हान्न सक्ने बिश्व कै फेरि अर्को हाइड्रोजन बम परिक्षण गरेर फेरि धेरैलाई चुनौती दियो । देशभित्रै एकपछि आअर्को असफलतासगै बिश्वका अधिकांस देशको ट्रम्पको नीतिप्रति आएको बितृस्णाले यसैसाल सन २०२० कै नोभेम्बरमा हुन लागिरहेको राष्ट्रपति चुनाब फलामको चिउरा हुने निश्चित छ। फेरि चीन सँगको लगातार व्यापार घाटा उसको लागि अर्को टाउको दुखाइ मात्र भएन अर्थतन्त्रमा नि आफुलाइ उछिनेर पहिलो हुने होडमा चीन रहेकोले अमेरिका प्रशासनको निद हराम हुनु स्वाभाविक हो ।

ईरानमा कोरोनाको कारण सबैभन्दा बढीको मृत्यु भैसकेको छ भने हजारौको संख्यामा संक्रमण भएको छ । इरानले नाकाबन्दी हटाउन अमेरिका लगाएतलाई आग्रह गर्दापनि अमेरिका प्रशासन कानमा तेल हालेर बसेको छ ।विभिन्न बहानामा इराक र अफगानिस्तानलाई आक्रमण गरि आफ्नो हातमा लिएको अमेरिका अहिलेसम्म पनि ती देशमा भैरहेको अशान्तीले त्या पनि असफल सिद्ध मात्र भएको छैन उसलाइ सहयोग गर्ने देशबाट समेत बिश्वास गुमाउदै गयेको अबस्थामा कोरोना भाइरस जैबिक होकी अजैबिक हो बहसको बिषय बनेको छ । कतिपय चीनका बैज्ञानिकले सेनाको हेलिकप्टरमा ल्याएर अमेरिकन सेनाले बुहानमा छोडेको भनेका छन भने ट्रम्प आफै कोरोनालाई चाइनाको भाइरस भनेका छ्न । कतिपयले ईरान चीन लगायत उ बिरोधी देशलाई लक्छित गरि ट्रम्प कै योजनामा इजरायलमा बनेको नि भनेका छ्न तर कुनै मा सत्यता र बैज्ञानिक आधार छैन ।

लामो समय पछि फुर्सदको समय सदुपयोग गर्दै बिभिन्न संघसंस्थामा आबद्ध भएपनि एक कोरोना पीडित नेपाली र यसको युद्धमा होमिएका हामी सबै सिपाही र नागरिकहरु मध्यको एक सिपाही र नागरिकको हैसियतले मेरो मानसपटलले हेरेको देखेको र पढेको बिगत बर्तामान र भबिस्यको कोरोना भाइरसको वरिपरि रहेर छोटकरीमा बिस्लेसन गरेको छु लकडाउनको पुर्ण पालना गरौ ।

वीर गोर्खाली हामी हतोत्साहित नबनौ समाधानि अपनाऔ ।सचेत रहौ सजक हौँ । कोरोनाको युद्धमा जितेर आऔ। हामी एकहुदाँ आजको यो अत्याधुनिक युगमा हामी जित्ने छौँ ।

लेखक राष्ट्रिय संगीतकर्मी संघ र शान्ति सन्देश साकोसका अध्यक्ष तथा समाजसेबी हुनुहुन्छ ।


प्रकाशित : २०७६ चैत्र १४, शुक्रबार ०५:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
प्रतिक्रिया

यो पनि पढौँ

मेला महोत्सव स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोगी बन्नुपर्छ ।

शुद्धोधनमा धान दिवस कार्यक्रम सम्पन्न

सल्यानमा बस दुर्घटना हुदा ८ जनाको ज्यान गयो

राजनीतिक बिवाद र महामारीको त्रासकाबीच अन्त्य वि.स. २०७६ साल

हतोत्साहित होईन आत्मवल बढाउ, साबधानी अपनाउ –सम्पादकीय

लकडाउनको अवस्थामा वडा नंं.८ को उदाहरणिय काम, अति गरिवलाई घरघरमा खाद्यान्न वितरण गर्ने

गोरु तस्करीलाई कारवाही गर –सम्पादकीय

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech