नगेन्द्र केसी
शुध्दाेधन
रुपन्देहीकाे शुध्दाेधनमा मासु पसल र होटल व्यवसाय उद्योगहरु र खाद्यान्नलगायतका पससलहरुको अनुगमन आइतबार देखि शुरूवात भएको छ।
शुध्दाेधन गाउँपालिका रुपन्देहीको वडा नः५ मानपकडी चोकदेखी वडा नः६ बकुली बजारमा अनुगमन गरिएको छ।सो अनुगमन कार्यक्रममा विभिन्न पसलमा रहेको कमीकमजोरी भेटिएपछि पहिलो खबरदारी गरि अर्को पटकमा पनि कमीकमजोरी भेटिएमा जरिवाना सहित कानुनी कार्वाही गरिने सबै व्यवसाय हरु लाई जानकारी गराइएको।
शुध्दाेधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली र शुध्दाेधन गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झवीलाल भट्टराईले बताउनुभयो।उक्त बजार अनुगमन कार्यक्रममा शुध्दाेधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको संयोजकत्वमा र शुध्दाेधन गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झवीलाल भट्टराई,शुध्दाेधन ५ का वडा सचिव हिरालाल भुसाल ,शुध्दाेधन ५ का वडा सचिव हरिहर धोवी,शुध्दाेधन पशु सेवा शाखा प्रमुख भुमिश्वर खनाल,शुध्दाेधन कृषि सेवा शाखा प्रमुख रमेश रेग्मी,फर्साटिकर व्यापार संघका अध्यक्ष हुमाकान्त पाण्डे,मानपकडी व्यापार संघका अध्यक्ष सिवराम न्यौपाने,स्थानीय विकास कोष तथा उध्म विकास शाखाका प्रमुख मानबहादुर भण्डारी,शुध्दोधन गाउँ पालिकाका प्रेस सल्लाहकार नगेन्द्र केसी,नेपाल घरेलु उद्योग तथा साना उद्योग माहा संघ शुगापा नगर अध्यक्ष रामप्रसाद खनाल,प्रहरी कार्यालय छपियाका प्रमुख नविनकुमार थापा,पालिका नगर प्रहरी प्रमुख रन्जना चौधरीहरुकाे टोलीको उपस्थितिमा सो अनुगमन सुरु भएको छ।




















