ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हथौसा लिटिल स्टार बोर्डिङ्गको १९ औं वार्षिक समारोह तथा अभिभावक दिवस

Lumbini Darpan 2 २०७९ चैत्र २८, मंगलवार १५:३६
[sharethis-inline-buttons]

कपिलवस्तु, २७ चैत्र
विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलाप मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागी गराउदै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुलले १९ औं वार्षिक समारोह तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । स्कुलको प्रांगणमा आयोजित समारोहमा वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण गर्नुका सार्थ विद्यार्थी तथा शिक्षकहरुका समेत मनोरन्जनात्मक प्रतिभा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले निजि विद्यालयहरुको गुणस्तर अब्बल बन्दै गएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि आचार्यले लिटल स्टारले शिक्षाको गुणस्तरमा फड्को मारेको बताउदै आगामी दिनमा अझै राम्रो गर्न सुझाव दिनु भयो । निजी विद्यालयहरुले शैक्षिक गुणस्तर सँगै व्यवहारिक र नैतिक शिक्षालाई पनि जोड दिनु पर्ने बताउनु भयो । राम्रो गर्ने विद्यालयलाई सहयोग र पुरस्कृत पनि गर्दै लैजाने उहाँले जनाउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले विद्यालयको शैक्षिक प्रगतिप्रति खुशी व्यक्त गर्नु भयो । निजि विद्यालयहरुमा शिक्षाको गुणस्तर उत्कृष्ट रहेको भन्दै वालवालिकाको सिकाई अझै प्रभावकारी बनाउन आग्रह गर्नु भयो । प्याब्सनका केन्द्रीय सदस्य शिव गैरेले निजी विद्यालयको गुणस्तर अत्यन्तै राम्रो भएको भन्दै सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार नगर्न आग्रह गर्नु भयो ।

विद्यालयका प्राचार्य सुन्दर पाण्डेले विद्यालयले विज्ञान, प्रविधिमैत्री, शिक्षण पद्धती अबलम्बन गर्ने बताउनु भयो । विद्यालयले वालवालिकालाई विश्वव्यापी प्रतिष्प्रर्धी बनाउन आइएसए/एसक्युटिसी जस्ता कार्यक्रमलाई निरन्तरता दिदै वर्तमान समय सान्दर्भिक कार्यक्रमहरु गर्ने प्राचार्य पाण्डेले बताउनु भयो । विद्यालयले शिक्षण सिकाई प्रभावकारी र वालवालिकालाई संस्कारी, नैतिकवान बनाउन प्रयत्न गर्ने बताउनु भयो ।

कार्यक्रममा कक्षामा विभिन्न स्थान हासिल गर्ने, वर्ष विद्यार्थी, अनुशासित विद्यार्थी, अन्त्यन्त क्रियाशिल विद्यार्थीहरुलाई विभिन्न तहगत रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई मेडल सहित पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज भुषालको अध्यक्षता, सहायक प्रअ रमेश भट्राईको स्वागतमा भएको कार्यक्रममा व्यवस्थापन समितिका सदस्य डिल्लीराम भट्राई, प्याब्सनका जिल्ला सचिव नविन शर्मा, अविभावक गिता तिमिल्सिना लगायतले शुभकामना दिदै विद्यालयको थप प्रगतिको कामना गर्नु भएको थियो । कार्यक्रममा विभिन्न समुदायका भाषा संस्कृति झल्कने गरि सन्देशमुलक नृत्य प्रस्तुत गरिएको थियो।

२०५९ सालमा स्थापना भएको विद्यालयमा एक हजार बढि विद्यार्थी अध्ययनरत रहेका छन ।


प्रकाशित : २०७९ चैत्र २८, मंगलवार १५:३६

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech