प्रकाश गौतम
परिचित बचत तथा ॠण सहकारी संस्था लि तिलोत्तमा १२ को आयोजनामा आज देखी ४ दिने उद्घोषण तालीम सुरु भएको छ । परिचित बचत तथा ॠण सहकारी संस्था लि शिक्षा समिति संयोजक राम ब कुवरको अध्यक्षता तथा संस्थाका अध्यक्ष चित्र ब बोहोराको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको हो ।
कार्यक्रममा बोल्दै परिचित बचत तथा ॠण सहकारी संस्था लि तिलोत्तमाका अध्यक्ष चित्र ब बोहोराले संस्थाको बिकाशका लागी सबै शिक्षित र दक्ष हुनुपर्ने भन्दै तालीमले मानबिय बिकाशमा भुमिका खेल्ने बताउनु भयो ।
सहकारीकी उपाध्यक्ष अनिता गुरुङले यो तालीम निकै फलदायी रहने भन्दै तालिमबाट धैरै कुरा लिन आग्रह गर्नु भयो । उहाले तालिम लिइ सकेपछी तालिमको माध्यम बाट संस्थाको बिकाशमा महत्वपुर्ण भुमिका खेल्ने दाबि गर्नु भयो ।
सहकारीका ब्यबस्थापक मेनुका थापा क्षेत्रिको स्वागत , लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमको सहजिकरणमा सुरु भएको कार्यक्रमको सन्चालन शिक्षा समिति संयोजक सिता न्यौपानेले गर्नु भएको थियो ।




















