ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी प्रदेश राजधानीमा निजी क्षेत्रको लगानी बढ्दै

Lumbini Darpan 1 २०८० कार्तिक १०, शुक्रबार ११:१६
[sharethis-inline-buttons]
लुदस,दाङ । राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा भएको सूर्य होटल सञ्चालन गरेको बताए । प्रदेश संसद चलेका बेला सांसद होटल बुकिङ गरेरै बस्छन् । देउखुरीदेखि भालुवाङ नजिकैको सातमारा र भालुवाङ ६ किलोमिटर दूरीमा छ । सांसद, कर्मचारी, प्रदेशमा योजना माग्न आउने जनप्रतिनिधि, दलका नेतालगायतले होटलमा बस्ने, भोजन गर्ने उनले बताए । ‘राजधानीले गर्दा सांसद, कर्मचारीसहित दलका नेताले खाना, खाजा र कोठा बुकिङ गरेर बस्दा बिजनेस बढेकै छ,’ उनले भने, ‘राजधानी तोक्नु अघि सांसद, नेता र कर्मचारी हाम्रा ग्राहक थिएनन् ।’ मन्त्रालयमा काम लिएर राजधानी आउजाउ गर्नेले व्यवसायको रौनक बढाइदिएका छन् । यहाँ बस्नलाई शीतल हावापानी, दाङको भालुवाङ र अर्घाखाँची सातमारा बिचमा राप्ती नदी दुवैतिरका अग्ला पहाडमा हरियाली सुन्दर दृश्य भएकाले यो स्थान बस्ने खानेको रोजाईमा पर्ने उनले बताए । ‘होटलमा आएका पाहुना तथा पर्यटकलाई राप्ती नदी, राप्ती पुल, जंगलसहितको दृश्यले मोहित बनाउँछ । यहाँ पर्यटकको पहिलो रोजाइ राप्ती पुलमा तस्बिर खिच्ने र टिकटक बनाउने हुन्छ,’ केसीले भने, ‘सामाजिक सञ्जालमा राखिने तस्बिर र भिडियोले यस क्षेत्रको आकर्षण बढाएको छ ।’ सरकारी गाडी चढ्नेले पनि रोकेरै तस्बिर खिच्छन्, त्यसैले यहाँको महत्त्व बढ्दै गएको उनको ठम्याइ छ । भालुवाङ पहिलेदेखि नै यसक्षेत्रको व्यापारिक बजार हो । पहिलेदेखि चलहपहल हुने यस स्थानमा सांसद, दलका नेतारकार्यकर्ता, सरोकारवाला, कर्मचारी ग्राहकको रुपमा थपिएकाले राजधानी आएपछि व्यवसाय बढेको व्यापारी बताउँछन् । राजधानी उपत्यका अन्तर्गत राप्ती गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाको १, २ र ३ सहित अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ र ९ वडाको क्षेत्रफल पर्छ । राप्ती उपत्यकालाई आधुनिक सहरको रुपमा विकास गर्ने भन्दै ३६ महिनादेखि प्रदेश सरकारले जग्गा रोक्का गरी राखेको छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले आधुनिक सहरका लागि अध्ययनसहितको कामको प्रक्रिया अघि बढाएको जनाएको छ । केही युवा व्यवसायी आधुनिक सहर निर्माणपछि ठूला होटल खोल्ने योजनामा छन् । आधुनिक सहर विकासमा सम्भावनाका ढोका खुल्को भन्दै यस क्षेत्रका व्यवसायी र स्थानीय उत्साहित छन् । उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, होटल व्यवसाय जस्ता क्षेत्रमा विभिन्न विकासका सम्भावना देखिएको राप्ती उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरज खड्काले बताए । ‘प्रदेश राजधानी आसपास क्षेत्रमा औद्योगिक क्षेत्र विस्तार हुने आशामा हामी छौं, प्रदेश सरकारका सबै कार्यालय यहाँ अझै पूर्ण छैनन्, मन्त्रालयका पूर्वाधार बन्दैछन्,’ उनले भने, ‘पूर्ण भएपछि विस्तारै विकास होला । राजधानी आएपछि होटलहरुमा लगानी भने धमाधम बढ्दो छ । कारोबार वृद्धि भएको छ ।’ ठूला होटल सञ्चालनले यस क्षेत्रमा दूध, तरकारी, मासुका लागि लोकल र बोइलर कुखुरासहित खसीबोकाको माग बढेकाले उत्पादनमा वृद्धि हुँदै गएको उनले बताए । यसले किसानलाई समेत प्रभाव पारेको छ । पूर्वपश्चिम राजमार्गमा आउजाउ गर्नेको खाना, खाजा खानेको रोजाइमा भालुवाङ र सातमारा पर्छ । त्यसैले होटल व्यवसायमा ग्राहक थपिएका छन् । राजधानी आउनुअघि भालुवाङ क्षेत्रमा ठूला क्षमताका होटल थिएनन् । अहिले होटलहरु थपिने र क्षमता वृद्धि हुने क्रम बढ्दो रहेको उनले बताए । राजधानी घोषणा हुनु अगाडी नै सातमारामा होटल एभरल्याण्ड सञ्चालनमा थियो । अहिले प्रदेश सरकार र अन्य संघसंस्थाका विभिन्न कार्यक्रम भैरहेका छन् । ‘कार्यक्रममा मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, मन्त्री, सांसद दलका नेता आउँछन् । दिनहुँजसो चलहपहल बढ्दो छ,’ होटल सञ्चालक दामोदर खनालले भने, ‘सेवा थपेर विस्तार गरेका छौं । व्यवसाय बढ्दो छ ।’ राजधानीले यस क्षेत्रको बिजनेसलाई हौस्याएको उनले बताए । होटलमा धेरै पाहुनाले यहाँको रैथाने उत्पादनको खानाका परिकार रोज्छन् । ‘स्थानीय उत्पादन तरकारी, मासुजन्य परिकार, कोदो, फापरको रोटी तयार गर्छौ,’ उनले भने, ‘हामीले स्थानीय उत्पादन किनेरै विभिन्न खानाका परिकार बनाउँछौं । स्थानीय खाजा, खाना नै पाहुनाको पहिलो रोजाइमा पर्छ ।’ होटलमा पाहुनाले स्थानीय उत्पादनका खानाका परिकार रुचाएपछि अर्घाखाँची र दाङका किसानबाट लोकल कुखुरा, अण्डा, खसीबोका, बंगुर, भैसीको दूध, मकै, गहुँ, कोदो, फापर, जौं, तरकारी लगायतका वस्तु खरिद गर्ने उनले बताए । ‘यसले किसानलाई उद्यमी बनाएको छ,’ उनले भने, ‘उनीहरुको पनि राजधानी आएपछि आम्दानी बढेको छ । कृषिबाटै आफ्नो आम्दानी वृद्धि हुने देखेपछि यस क्षेत्रका किसान उत्साहित छन् ।’ यस क्षेत्रमा थारु समुदायका महिलाले आफुले फलाएको तरकारी ढकियामा राखेर होटलमा बिक्री गर्न ल्याउँछन् । जलजला होटलका सञ्चालक जितबहादुर घर्तीमगरको होटलमा सागको मुठा, तरकारी ल्याइदिने नियमित किसान छन् । ‘राजधानी आएपछि मेरोमा रोल्पा, रुकुम र प्युठानका सांसद संसद चल्दा होटलमा कोठा बुकिङ गरेर बस्छन्,’ उनले भने, ‘अरु बेला पनि नेता, सांसद, जनप्रतिनिधिले कोठा बुकिङ गर्छन् । व्यापार बढ्को छ ।’ राप्ती उपत्यका भित्र दाङ र अर्घाखाँची जिल्ला पर्छ । पहाडमा उत्पादन भएको तरकारी, मासु र खाद्यवस्तु खानलाई स्वादिलो हुने भएकाले भरसक अर्घाखाँचीबाट लोकल कुखुरा ल्याएर विभिन्न परिकार बनाइने उनले बताए । ‘गाडी रिजर्भ गरेर पूर्वपश्चिम राजमार्गमा आउजाउ गर्ने यात्रुले यहाँ खाना र खाजा खान छिर्ने गर्छन्,’ उनले भने, ‘स्थानीय परिकारको खाना र विशेष गरी लोकल कुखुरा, कालिजको झोल, फापरको रोटी उनीहरुको रोजाइमा पर्छ ।’ अर्घाखाँची जलुकेका युवा रमेश खड्काले गाउँमै बंगुर र लोकल कुखुरा फाम खोलेका छन् । पछिल्लो समय कुखुराको माग बढ्कोे उनले बताए । ‘राजधानी आएपछि होटल तथा फ्रेस हाउसमा बंगुर र कुखुराको माग बढ्यो,’ उनले भने, ‘कुखुराको संख्या थपेको छु, आम्दानी झण्डै दोब्बर भएको छ ।’ यही कमाइले छोराछोरीको पढाइ र घर खर्च धानेको छु ।’ राजधानी घोषणा हुन अघि नै भालुवाङमा सञ्चालनमा रहेको होटल पौवाले क्षमता र सेवा विस्तार गरेको छ । मन्त्रालय र विभिन्न संघसंस्थाका कार्यक्रम, तालिम, गोष्ठी धेरै पौवामा हुन्छन् । यहाँ दैनिक चलहपहल बढ्दो छ । राजधानी देउखुरीदेखि करिब ३० किमी पश्चिम क्षेत्रको लमही र ७० किमी घोराहीमा पनि राजधानीलाई लक्षित गरी ठूला होटल खुलेका छन् । बुटवलबाट राजधानी दाङमा सर्ने कुरा चल्दै गर्दा लहमीमा होटल मन्त्र खुल्यो । सञ्चालक ऋषि खनालले राजधानी आएपछि व्यवसाय वृद्धि भएको बताए

प्रकाशित : २०८० कार्तिक १०, शुक्रबार ११:१६

Lumbini Darpan 1

लेखकबाट थप

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech