ताजा अपडेट

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

पत्रकार शर्मालाई ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार

लुम्बिनी दर्पण २०८० कार्तिक २५, शनिबार १७:२३
[sharethis-inline-buttons]

तिलोत्तमा, कार्तिक २५ ।

तिलोत्तमा मिडिया क्लवद्वारा स्थापित ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार पत्रकार टोपराज शर्मालाई प्रदान गरिएको छ । क्लवले नेपालीहरुका विभिन्न चाडपर्वहरुको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा पत्रकार शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

२५ हजार राशीको सो पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं सामाजिक व्यक्तित्व मोहन चापागाईंसँगको सहकार्यमा क्लवले स्थापना गरेको हो । क्लवका संस्थापक अध्यक्ष लक्ष्मण पौडेल संयोजक, पत्रकार यमलाल भुसाल तथा दूर्गा पौडेल सदस्य रहेको छनौट समितिको सिफारिसका आधारमा क्लवले २०७९ सालको पत्रकारिता पुरस्कारबाट शर्मालाई पुरस्कृत गरेको हो । पुरस्कृत शर्मा २०६१ सालदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।
शर्मालाई पुरस्कार प्रदान गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले पुरस्कारको गरिमालाई थप उँचो बनाउँदै पत्रकारितामा अझै सशक्त ढंगले कलम चलाउन पुरस्कृत शर्मालाई आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिकाको पहिचानलाई प्रवद्र्धन गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार रहेको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वरी चौधरीले सञ्चार जगतको हातमा महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै सत्यतथ्यमा आधारित भएर कलम चलाउन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले यस प्रकारका पुरस्कारले पत्रकारितामा क्रियाशीलहरुलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले पत्रकारिता पुरस्कार पाउनु भन्दा यसको गरिमालाई जोगाइराख्नु ठूलो कुरा भएको भन्दै यसलाई शिरोधार्य मानेर अघि बढ्न सुझाव दिनुभयो । पुरस्कारका संस्थापक मोहन चापागाईंले आफूले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय अध्यक्ष हुँदा पाएको बैठक भत्ता बापतको रकमबाट तिलोत्तमा मिडिया क्लवसँग सहकार्य गरेर पुरस्कार स्थापना गरेको उल्लेख गर्दै आगामी दिनमा पनि अरु सामाजिक क्षेत्रमा पुरस्कारलाई बिस्तार गर्ने योजना रहेको बताउनुभयो ।
पुरस्कृत पत्रकार टोपराज शर्माले आफूले प्राप्त गरेको पुरस्कार रकममा २५ हजार थप गरी आफ्ना बुबा आमाको नाममा अक्षयकोष स्थापना गरी सामुदायिक विद्यालयमा पढ्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गर्नुभयो । तिलोत्तमा मिडिया क्लवका अध्यक्ष बीपी गौतमको अध्यक्षता, सचिव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा पुरस्कार मूल्यांकन समितिका संयोजक तथा संस्थापक अध्यक्ष लक्ष्मण पौडेलले पुरस्कार छनौटका सन्दर्भमा अपनाइएको विधिको बारेमा प्रकाश पार्नुभएको थियो ।


प्रकाशित : २०८० कार्तिक २५, शनिबार १७:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
प्रतिक्रिया

यो पनि पढौँ

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

भर्खरै

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech