लुदस, जीतपुर
कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा रहेको गौतमबुद्ध उच्च मा.वि मा आज डाक्टर सहितको निशुल्क शिविर हुने भएको छ ।
पालिकाको समन्वयमा हुन थालेको शिविरमा नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा चिकित्सकको टोली लिएर बुद्धभुमी आएका छन् ।
काठमाडौ मेडिकल कलेजका चिकित्सकको टोली लिएर उनी बुद्धभुमी आएको र टोलीमा विषेशज्ञ सहित इको, ईसीजी, ल्याब, अल्ट्रासाउन्ड लगाएतका सुविधा निशुल्क रहेको पालिकाका मेयर केशवकुमार श्रेष्ठले जानकारी दिए ।
केएमसी र नोबल टिचिङ हस्पिटल काठमाण्डौका प्रबन्धक नारायण दाहाल र शर्मासंग २५ जनाको चिकित्सकको टोली बुद्धभुमीमा रहने र यो सुविधा काठमाण्डौमा पुगेर समेत विरलै पाईने हुदां पालिकामा नै जनताको स्वास्थ्य सुरक्ष ागर्न पालिकाले समन्वय गरि ल्याउन सफल भएको श्रेष्ठको भनाई छ । सांसद डा. शर्माले केएमसी र नोबल टिचिङ हस्पिटल सम्हालेपछि स्वास्थ्य शिविर धेरै भन्दा धेरै गरेर सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् ।
शिविरमा आउने विरामीको शल्यक्रियाका लागि केएमसीमा पुग्ने बिरामीलाई सतप्रतिशत छुट उपलब्ध गराउने डा. शर्माले बताए ।
डा. शर्माको टोलीले यस अगाडी प्युठान र दाङमा शिविर संम्पन्न गरेर आज बुद्धभुमी आएको हो ।
सो क्रममा प्रदेश सांसद निमा गिरीले डा शर्माको खुलेर प्रशंसा गरेकी थिइन् ।




















