ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थ क्याम्पसको १३ औं क्याम्पस सभाः ‘उत्कृष्ट नतिजालाई निरन्तरता दिनुपर्नेमा जोड’

Lumbini Darpan 2 २०८० पुष १३, शुक्रबार ६:१७

हरि आचार्य, कपिलवस्तु
नयाँ क्याम्पस स्थापना गर्नुभन्दा भएका क्याम्पसलाई व्यवस्थापन गर्न आवश्यक रहेको प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । विद्यार्थीको अभावले क्याम्पस धमाधम बन्द हुने अवस्था आएको भन्दै नयाँ क्याम्पस स्थापनाले मात्र शिक्षा क्षेत्रमा फाइदा नपुग्ने उहाँले बताउनुभयो । सिद्धार्थ क्याम्पस बुंचीको १३ औं क्याम्पस सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सिद्धार्थ क्याम्पसले हरेक वर्ष विभिन्न तहमा उत्कृष्ट नतिजा ल्याइरहेको भन्दै यस क्रमलाई निरन्तरता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । त्यस्तै उहाँले पछिल्लो समय माध्यमिक शिक्षा पछि अधिकांश विद्यार्थीहरु विदेश जाने प्रचलन बढिरहेकाले उक्त परिपाटीको अन्त्य गर्न सरकारले शिक्षामा सुधार गर्न अवश्यक रहेको बताउनुभयो ।

May be an image of 3 people and dais
कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले विद्यालयको नाममा जग्गा नभएकै कारण माथि बाट आउने अनुदानहरु रोकिनु दुःखद रहेको भन्दै क्याम्पसको नाममा जग्गा पास गर्न अब ढिला गर्न नहुने बताउनुभयो । आफुहरुले क्याम्पसको प्रवदर््धनका लागि सरकार सङ्ग माग गरिरहेको भएपनि खासै सुनुवाई हुन नसकेको गुनासो समेत गर्नुभयो ।

May be an image of 2 people, dais and text
त्यस्तै लुम्बिनी प्रदेश सांसद गिरधारिलाल न्यौपानेले सिद्धार्थ क्याम्पस सहित समग्र जिल्लामा रहेका शैक्षिक संस्थाहरुको गुणस्तर वृद्धिको लागि प्रदेश र केन्द्र सरकार सङ्ग जोडदार माग गर्ने बताउनुभयो । यस क्याम्पसले विभिन्न समयमा देशभर बाटै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको भन्दै त्यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

May be an image of 4 people, dais and text
त्यस्तै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले क्याम्पसको गुणस्तर वृद्धिका लागि सबै पक्ष मिल्नुको विकल्प नरहेको बताउनुभयो । आफु पनि सिद्धार्थ क्याम्पसको स्थापनामा सक्रिय रुपमा लागेको स्मरण गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सधै सहयोग गर्ने बताउनुभयो ।

May be an image of 3 people, dais and text
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले विद्यार्थीलाई भर्ना भएको तह पुरा गर्दा सम्म टिकाउन अहिले निकै चुनौती रहेको बताउनुभयो । उक्त समस्यालाई समाधान गर्न सर्वपक्षीय छलफल आवश्यक रहेको बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमात्र शैक्षिक संस्थाको प्रवद्र्धन हुने भएकाले त्यस तर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै बाणगंगा नगर उप–प्रमुख रिता कुमारी चौधरीले विद्यार्थीहरुले बिचैमा विद्यालय छाड्ने समस्या समाधानमा नगरपालिकाले अब विशेष कार्यक्रम तथा योजनाहरु ल्याउने बतानुभयो । देशभरकै प्रमुख समस्याको रुपमा रहेको यो समस्यालाई समाधान गर्न शिक्षा संग सम्बन्धीत संघ संस्था, शिक्षक, विद्यार्थी, अभिभावक र तिनै तहकार सरकार जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थीहरुलाई नेपालमै स्वरोजगार बनाउन प्राविधिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

May be an image of 2 people and text
वार्षिक प्रगति प्रतिवेदन राख्दै क्याम्पस प्रमुख बेदराम अर्यालले २०४८ फाल्गुन १ गते स्थापना भएको क्याम्पसले कपिलवस्तुका मात्र नभएर छिमेकी जिल्लाहरुका विद्यार्थीहरुलाइ समेत शिक्षाको अवसर दिएको बताउनुभयो । त्यस्तै उहाँले क्याम्पसका भावी योजना, सञ्चालनमा आएका चुनौती र सम्भावनाको बारेमा समेत प्रस्ट पार्नुभएको थियो ।
त्यस्तै आन्तरिक लेखापरिक्षण प्रतिवेदन लेखा समिती संयोजक गणेश बहादुर क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बिप्लवका प्रतिनिधि, क्याम्पसका पुर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक झबिलाल पोख्रेल, पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पौडेल, मोहन ज्ञवाली, पुर्व विद्यार्थी समाजका अध्यक्ष तथा क्याम्पसका प्राध्यापक गोबिन्द पोख्रेल लगायतले समग्र सिद्धार्थ क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै स्ववियु सभापति निलकमल थारुले पुस्तकालयमा पुस्तकको समस्या लगायत समग्र विद्यार्थीहरुका समस्याहरुको समाधान तर्फ ध्यान दिन माग गर्नुभयो ।

कार्यक्रममा पुर्व क्याम्पस सञ्चालक समितीका पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएको थियो ।

सञ्चालक समिति उपाध्यक्ष रवि बहादुर काफ्लेको स्वागत तथा सहायक क्याम्पस प्रमुख गोबिन्द प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

May be an image of 6 people and text


प्रकाशित : २०८० पुष १३, शुक्रबार ६:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech