लुदस , जितपुर
साना किसान कृषि सहकारी संस्था लि. निग्लिहवाको ७ औं वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट सुलोचना पराजुली अध्यक्षमा ९ सदस्य नयां नेतृत्व चयन भएको छ ।
जसको उपाध्यक्षमा लिला खनाल, सदस्यहरुमा दिपा गिरी थारु, अन्जु थारु, ईन्दु सापकोटा, सुशिला चौधरी कुर्मी, सविता खनाल, कल्पना पन्थी, मन्जु चौधरी, रहनुभएको छ ।
त्यस्तै संस्थाको पशुधन सुरक्षण समितिको संयोजकमा निर्मला गौतमको संयोजकत्वमा ९ सदस्य समिति चयन भएको छ । जसमा सरिता चौधरी,अमृता उपाध्याय, सकुन्तला यादव, ज्ञान प्रसाद सापकोटा कमला पौडेल, लगाएत रहेका छन भने लेखा समिति संयोजकमा अमृता नेपाली हमाल, सदस्यहरुमा निर्मला गौतम, राजेश चौहान रहेका छन् ।
कार्यक्रममा बोल्दै
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सरकार आफ्नो साधारण खर्च पनि धान्न नसक्दा धरमराइ रहेको भन्दै विकास खर्चको लागि स्वदेशी र विदेशी ऋण लिनुपरेको र अर्कातिर देशमा राजस्व पनि घटिरहेको अवस्था रहेको बताउनुभएको थियो ।
यस्तो अवस्थामा हाम्रो अर्थ व्यवस्थामा सहकारीहरुको योगदान धेरै नै भएको बताउदै पंन्थीले गरिबी र पछौटेपन हटाउन सहकारीहरुलाई कोशेढुंगा साबित बताउनुभएको थियो ।
जग्दिशपुर क्षेत्र पर्यटकिय हिसावले निकैनै महत्वपुणर् क्षेत्र रहेको भन्दै उहांले त्रिपिटक, बुद्धकालिन सम्पदा संरक्षण र मुर्तिकार्यशाला पार्क लगाएतले पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने बताउनुभएको थियो । त्यस्तै विशिष्ट अतिथि साना किसान केन्द्रिय सहकारी संघका पदम खनालले केही व्यक्तिहरुका कारण सहकारीहरुमा खराव ऋणि बढेको तर्फ इंगित गर्दै सहकारी आफ्नै शेयर सदस्यको बचत र शेयरबाट संचालित हुने हुदां आफ्नै घर डुबाउने खेलोमा कोहिपनी लाग्न नहुने र यस्ता भ्रमका पछी नलाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा साना किसान लघुवित्त वित्तिय सहकारीका प्रबन्धक, कपिलवस्तु नगरपालिका वडा नं १० का अध्यक्ष मोहनलाल शर्मा लगाएतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा आगामी दिनमा साना किसानको शेयर वृद्धि गर्ने र भवन निर्माणका लागि जग्गा खरिद गरि भवन निर्माण गर्ने प्रस्ताव सर्व सहमतीले पास भएको थियो । भने प्रबन्धक बसन्त मुराउले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन समेत सर्व सहमतीले पास भएको थियो ।




















