बिद्यालयको सजावटका लागि बेलुनमा ग्यास भर्ने क्रममा ग्यास सिलिण्डर बिस्फोट हुदा एक जना गम्भिर घाईते भएका छन्।
झापाको बिर्तामोड नगरपालिका वडा नं ७मा रहेको बेल्स मोडल स्कुलको शैक्षिक तथा खेलकुद कार्यक्रमका क्रममा सजावटका लागि हेलियम ग्यास भरिएको सिलिण्डरबाट बेलुन फुलादै गर्दा सिलिण्डर बिस्फोट भएको थियो।
उक्त सिलिन्डर बिस्फोट हुँदा भारतीय नागरिक गणेश सहनी घाईते भएको प्रहरीले बताएको छ। बिष्फोटबाट सहनीको कम्मरमुनीको भागमा क्षतविक्षत भएको जिल्ला प्रहरी झापाले जनाएको छ।
प्रहरीका अनुसार सहनी भारत पश्चिम बंगाल सिलिगुढीका हुन्। गम्भिर अवस्थाका उनको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ।
सिलिन्डर बिस्फोटमा अन्य एकजना विद्यार्थी पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको जनाइएको छ।
सिलिन्डर पड्किँदा निस्किएको आवाजले विद्यालयमा कक्षा–९ मा अध्ययनरत १५ वर्षीया विद्यार्थी कुसुम तामाङको कानमा समस्या आएर बिएन्डसी भर्ना गरिएको प्रहरीले जनाएको छ।
गतवर्ष आजकै दिन कपिलवस्तुमा पनी व्यालुन भर्ने ग्यास पड्किदा १ जनाको ज्यान गएको थियो ।
त्यस्तै पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो। घटनाको थप अध्ययन भइरहेको उनले बताए।




















