प्रकाश गौतम
शिवपुर युवा समुह तिलोत्तमा ११ रुपन्देहीको आयोजनामा आज बाट 7 ए साइड फुटवल प्रतियोगीता सुरु भएको छ ।
स्वगीय देविराम पोख्रेल र स्वगीय सुरज खड्काको स्मृतिमा प्रतियोगीता सुरु भएको हो । आज बाट सुरु भएको प्रतियोगीतामा बोल्दै समाजसेबी बिष्णु प्र खनालले खेलको माध्यम बाट समाज परिबर्तन गर्न सकिने बताउनु भयो । उहाँले समाजमा यस्ता काम गर्दै जादा आफुले समेत सहयोग गर्ने बताउनु भयो ।
प्रतियोगीतामा रुपन्देही, नवलपरासी , पाल्पाका ३२ समुह बिच प्रतिस्प्रधा हुने छ । फुटवल प्रतियोगीताको बिजेताले नगद ३० हजार , उपबिजेताले नगद २० हजार सहित सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवपुर युवा समुहले बताएको छ । शिवपुर युवा समुहका भिम नारायण अर्यालको स्वागत तथा कमल अर्यालको सन्चालनमा प्रतियोगतिा सुरु भउको हो ।
आज बाट सुरु भएको प्रतियोगीता माघ १३ गते सम्म सन्चालन हुनेछ ।



















