लुदस,जीतपुर
प्रगतिशील पत्रकार संघ केन्द्रिय समितिको प्रशिक्षण सहित ३ दिने कार्यक्रम कपिलवस्तुमा संम्पन्न भएको छ ।
संघका अध्यक्ष श्याम पोख्रेलको अध्यक्षतामा संम्पन्न कार्यक्रममा संगठनका आन्तरिक गतिविधि पत्रकारिताको अवस्था र चुनौति विषायक अन्र्तकृर्या तथा कपिलवस्तुको विभिन्न पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन गरिएको थियो ।
कपिलवस्तुको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने उदेश्यले पर्यटकीय गन्तब्यहरुको अवलोकन गरेको बताईएको छ ।
त्यसैक्रममा प्रगतीशील पत्रकार संघको केन्द्रीय बैठक समेत संम्पन्न भएको छ ।
बैठकले पत्रकार कल्याण कोषका लागि १५ लाखको अक्षयकोष स्थापना गर्ने , केन्द्रिय समितिको रित्त रहेको पुणर् केन्द्रिय सदस्यमा माद्यव भाट क्षेत्री कपिलवस्तु र बैकल्पिक सदस्यमा श्रीजना सुवेदी जुम्लालाई मनोनित गर्ने निणर्य गरेको हो ।
बैठकले गत पौष २१ गते प्रगतिशील पत्रकार संघ नेपाल बाग्लुङ जिल्ला सचिव तथा पत्रकार विजय रानामाथी रिर्पोटिङको क्रममा प्रहरीबाट भएको दमन र लाठिचार्ज प्रति गम्भिर खेद प्रकट गरेको छ । त्यस्तै बैठकले लुम्बिनी गण्डकी प्रदेशहरुमा केन्द्रिय स्तरको कार्यशाला सहित पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तालिम संचालन गर्ने , प्रदेश स्तरिय भेलाका लागि विभिन्न पत्रकारहरुको नेतृत्व रहने गरि ईन्चार्जको समेत जिम्मेवारी दिएको छ । जस अनुसार कोशी प्रदेशमा महासचिव प्रकाश थापा मगर बागमती प्रदेशमा रमेश पौडेल गण्डकी प्रदेशमा तारा प्रसाद शर्मा, लुम्बिनी प्रदेशमा गोपाल प्रसाद भटराई, कणर्ाली प्रदेशमा नारायण गिरी, सुदुरपश्चिम प्रदेशमा विनोद पौडेललाई जिम्मेवारी प्रदान गरेको हो । साथै विभिन्न निणर्य गर्दै कार्यक्रम संम्पन्न भएको थियो ।




















