लुदस, जितपुर
कपिलवस्तु उद्योग बाणिज्य संघ सर्वसम्मत नेतृत्व प्रयास टर्दै गएको छ ।
यस संगै यही माघ २३ गते हुने कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन हुने भएसँगै उम्मेद्वारी घोषणाको क्रम पनि बढ्दै गएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको हो ।
यसै क्रममा कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी गणेश बहादुर क्षेत्रीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माओवादी केन्द्रका नेता एवं व्यवसायी हुमनाथ पौडेल वरिष्ठ उपाध्यक्ष पदको उमेद्वार बन्ने भएका छन् । आज बसेको व्यावसायी र राजनैतिक दलका नेताहरुको वैठकबाट उनी वरिष्ठ उपाध्यक्ष पदमा उमेद्वार हुने तय गरिएको एक नेताले बताए ।
पौडेल यस अगाडी उद्योग र बाणिज्य तर्फ गरि २ पट्क उद्योग बाणिज्य संघको उपाध्यक्ष भैसकेका व्यक्ति हुन ।
यसैबीच कपिलवस्तु उद्योग वाणिज्य संघको एसोसिएट उपाध्यक्षमा समाजेवी तथा व्यवसायी रामजी सेन, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसालले यस अगाडी नै उमेद्धारी घोषणा गरिसकेका छन् । लामो समयसदेखि समाजसेवामा सक्रिय सेन कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष तथा कपिलवस्तु सामुदायिक अस्पतालका निर्वतमान अध्यक्ष समेत हुन् ।
दोस्रो पट्क वस्तुगत उपाध्यक्षतर्फ उम्मेद्वारी घोषणा गरेका हुन् । भुसालले पहिलो कार्यकालमा पूरा नभएका कार्य सम्पन्न गर्न दोस्रो कार्यकालको लागि उम्मेद्वारी घोषणा गरेको बताए ।
भुसाल कपिलवस्तु मिल व्यवसायी संघका जिल्ला अध्यक्ष तथा लाली गुराँस बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष समेत रही विभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरी सकेका छन् ।
यता नेकपा एमाले निकट व्यवसायीका तर्फबाट युवा व्यवसायी मोहन न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका लक्ष्मण कँडेल र आफुलाई व्यवसायिक स्वतन्त्रका तर्फबाट भन्दै रमेश चन्द्र भुषालले पनि अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरी सकेका छन् ।
यता पौडेल क्षेत्रीको प्यानलबाट वरिष्ठ उपाध्यक्षको उमेद्वार बन्ने भएपछी अन्य प्यानलहरुलाई यो थप पेचिलो बनेको छ । एक पुर्व अध्यक्षका अनुसार अव सर्वसहमतीका लागि महासचिवमा एमाले निकट उमेद्वार आए अन्यलाई मिलाएर लौजान सकिने र सर्वसहमतीको प्रयास नटरेको बताए ।
न्यौपाने यस अगाडी कोषाध्यक्ष पदमा रहेको र महासचिवमा आउन सक्ने उनले अनुमान गरे ।




















