४ नं जितपुर
राष्ट्रिय जनमोर्चा कपिलवस्तुको आयोजनामा भोली जिल्लाको ४ नं चोकमा मा संघियता विरुद्धको जनसभा आयोजना हुने भएको छ ।
जसका लागि तयारी अन्तिम चरणमा पुगेको जिल्ला अध्यक्ष राम प्रसाद बेल्वासेले बताउनुभयो ।
सभालाई सम्बोधन गर्न राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट आउने कार्यक्रम तय भएको हो । राष्ट्रिय जनमोर्चाले चैत २४ देखि गर्न लागेको राजधानी केन्द्रित आन्दोलनका लागि माघ महिनाभर प्रचारात्मक कार्यक्रम भईरहेका छन् ।
संघीयताविरुद्ध प्रचारात्मक अभियान अन्तर्गत देशका विभिन्न क्षेत्रमा सभाहरु संम्पन्न भैईरहेका छन् । यस अगाडी कपिलवस्तुमा पनी मोटरसाईकल र्याली, पालिका केन्द्रित कोणसभा तथा प्रशिक्षात्मक कार्यक्रम संम्पन्न भएको हो ।
संघीयताका कारण आर्थिक रुपमा देश टाट पल्टने अवस्थामा पुगेको, राष्ट्रियता कमजोर बनेको र प्रदेश संरचनाका कारण स्थानीय तहले अधिकार प्रयोग गर्न नपाएका कारण जनतामा निराशा बढेको भन्दै यसलाई निरन्तर खारेजीको आवाज बोल्दै आएको जनमोर्चाले
आगामी चैत २४ गतेदेखि ३० गतेसम्म राजधानी काठमाडौंमा संघीयता विरुद्ध सप्ताहव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।




















